काठमाडौं- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की ललितपुर जिल्ला सेक्रटरी सावित्रा अधिकारी (विदुषी) पक्राउ परेकी छन्। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले उनलाई ललितपुरको मंगलबजारबाट शनिबार पक्राउ गरेको हो।
विप्लव नेकपाका कार्यकर्ता सानुराजा बज्राचार्यलाई विस्फोटक पदार्थसहित प्रहरीले पक्राउ गरेपछि विदुषीले विज्ञप्ति जारी गर्दै ललितपुरका एसएसपी टेकप्रसाद राईलाई धम्की समेत दिएकी थिइन्।
एसएसपी राई सरकारको मतियार भएको र नागरिकले बाँच्न पाउन अधिकार समेत हनन गरेकाले त्यसो नगर्न भन्दै विदुषीको चुनौती थियो।
विदुषीका साथबाट प्रहरीले कोणसभाको ब्यानर, डायरीलगायतका सामग्री बरामद गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।