सांकेतिक तस्बिर
धनगढी- कोरोना संक्रमण भई मृत्यु भएकी महिलाको शव स्तीकै बिचमा गाडिएको भन्दै सो शव निकालेर अन्यत्रै व्यवस्थापन गर्न धनगढीका स्थानीयले माग गरेका छन्। गाडिएको शव अन्यत्रै व्यवस्थापन गर्न माग गर्दै स्थानीयले विरोध गरेपछि शव गाडिएको स्थान धनगढी नगरपालिका-१ कब्रस्तान सिल गरिएको छ। धनगढी उपमहानगरपालिका प्रवक्ता एवं वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरीको रोहबरमा कब्रस्तान सिल गरिएको हो।
बिहीबार कोरोना सङ्क्रमित महिलाको शव स्थानीय प्रशासन र नेपाली सेनाको टोलीले बस्ती बिचमै रहेको कब्रस्तानमा गाडेको थियो। त्यसपछि कोरोना संक्रमतिको शव मानवबस्ती नजिकै गाडिएको भन्दै स्थानीयहरुले विरोध प्रदर्शन गरेका थिए। यससँगै जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरू बिच छलफल गर्दा पनि कुनै निष्कर्ष नआएपछि अर्को निर्णय नभएसम्मका लागी कब्रस्तान सिल गरिएको धनगढी उपमहानगरपालिकाका प्रवक्ता मुडभरीले बताए।
स्थानीयले कब्रस्तानमा तालासमेत लगाइदिएका छन्। यससँगै अन्य मृतकको शव व्यवस्थापन हुन सकेको छैन। दुवै मिर्गौलाले काम गर्न छाडेपछि शुक्रबार बिहान मृत्यु भएको धनगढी उपमहानगरपालिका–१, का ५० वर्षीय मोहम्मद जमसेदको शव व्यवस्थापनमा समस्या भएको छ।
सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएकी कोरोना सङ्क्रमित महिलाको शव स्थानीय प्रशासन र नेपाली सेनाको टोलीले बस्ती बिचमै रहेको कब्रस्तानमा गाडेका थिए।
मानव बस्ती सँगै रहेको कब्रस्तानमा कोरोना सङ्क्रमितलाई गाडेको भन्दै आक्रोशित स्थानीयहरूले कब्रस्तानको गेटमा ताला लगाएका हुन्। उनीहरूले त्यहाँ गाडिएको शव निकालेर अन्यत्रै व्यवस्थापन गर्न माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।