चितवन- पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका युवा नेता गगन थापाले एकपक्षीय रुपमा आन्दोलन रोक्न डाक्टरहरुलाई अनुरोध गरेका छन्।
नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो अन्दोलनको तुक नहुने बताए। 'सरकारले यो गर्यो, त्यो गरेन भन्दा पनि जनताका लागि आन्दोलन रोक्नुस्,' उनले भने, 'चाडबाडको बेलामा सामान्य स्वास्थ्य अवस्था पनि प्रभावित हुने वातावरण नआओस्।'
सेवा नै बन्द गरेर जनतालाई दुःख हुने काम गर्नु नहुने भन्दै उनले आन्दोलनका अन्य विकल्पबारे सोच्न पनि आग्रह गरे। 'अन्य विकल्प राखेर काम गरौँ। सरकारसँग वार्ताबाट निकास दिने काम गरौँ,' उनले भने। डाक्टरहरुको आलोचनाभन्दा पनि यो आफ्नो आग्रह भएको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।