काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीचको संवादहीनता अन्त्य गर्ने प्रयासस्वरुप परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्।
प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी ओलीको सन्देश लिएर ज्ञवाली बिहान ११ बजे खुमलटार पुगेका थिए। उनले प्रचण्डसँग डेढ घण्टा छलफल गरेको प्रचण्डको सचिवालयले जनाएको छ।
यसअघि महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेललाई प्रधानमन्त्री ओलीले पठाएका थिए। प्रचण्ड सचिवालयका अनुसार तीनै जनालाई उस्तै जवाफ दिएर प्रचण्डले भेटप्रति अनिच्छा प्रकट गरेका थिए।
आफ्ना निकटस्थ नेताहरुसँग कुरा गर्दा भेट्न नचाहेको बुझेपछि अध्यक्ष ओली आफैंले फोन समेत गरेका थिए। तर, प्रचण्डको जवाफ नफेरिएको बुझिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।