पर्सा- पर्साको बिन्दवासी गाउँपालिका कमिटी सचिव मुकेश चौरसीयाको हत्यामा संलग्नमाथी अनुसज्धान माग गर्दै परिवारले सरकारी वकिलकाे कार्यालय पर्सामा दर्ता गराएका छन्। नेपाल प्रहरीले जाहेरी दर्ता नगरेपछि अनुसन्धानकर्ता सरकारी वकिलकाे कार्यालयमा मुकेशका भाइ महेश चनैरासीयाले जिल्ला सरकारी बकिलकाे कार्यालयमा निवेदन दिएका थिए।
चौरसीयाको हत्या भएको आठ दिनपछि बिहीबार मृतकका भाइ चौरसीयाले घटनामा संलग्न १२ जनाविरुद्ध अनुसन्धानकाे माग गर्दै जाहेरीसहितको निवेदन दर्ता गराएका हुन्।
प्रहरीले सिधै जाहेरी लिन नमानेपछि बिहीबार सरकारी वकिलको कार्यालयमार्फत् जाहेरी दर्ता भएको सरकारी वकिलको कार्यालय पर्साले जनाएकाे छ।
महेशले दर्ता गराएको जाहेरीमा मुकेशको हत्यामा संविधानसभाका पूर्वसदस्य एंव नेकपाका नेता राजकुमार गुप्तासहित १२ जनाको नाम उल्लेख छ।
सरकारी वकिलकाे कार्यायलले जाहेरी जिल्ला प्रहरी कार्यालय पठाएर दर्ता गराएकाे छ।
निवेदनमाथि अव अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढ्ने आश परिवारले गरेका छन्।
सरकारी वकिल कार्यालयका प्रवक्ता पदम कार्कीले मृतकका भाइ महेशले लिएर आएको जाहेरी सहितको निवेदन जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता भएको बताए। जहेरीमा संविधानसभाका पूर्वसदस्य राजकुमार गुप्तासहित १२ जनाको नाम रहेको उनले बताए।
यसअघि मुकेशको मृत्यु भएकै दिन गत शुक्रबार मृतकका भाइ महेशले जाहेरी लिएर जिल्ला प्रहरी कार्यालयमा जाँदा प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको थियो। त्यसपछि जाहेरी दर्ताको माग गर्दै एकसातादेखि वीरगन्जमा प्रदर्शन हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।