काठमाडौं–नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकमा दण्डहीनताले सीमा नाघेको बताएका छन्।
पर्साका नेकपा नेता मुकुश चौरसियाको हत्यामा संलग्नलाई कारबाही गर्न दिएको जाहेरी प्रहरीले नलिएको सन्दर्भमा कोइरालाले उक्त टिप्पणी गरेका हुन्।
उनले मुलुकमा कानुनी राज्य कहाँ छ भन्दै जनता न्याय माग्न कहाँ जाने भनी प्रश्न गरेका छन्। सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘दण्डहीनताले सीमा नाघिसक्यो। व्यक्ति हत्याको आरोपमा मुद्दा दर्ता गर्न जाँदा प्रहरी मुद्दा दर्ता गर्न मान्दैन। तै पनि हामी कानुनी राज्यको कुरा गर्छौं। तर कहाँ छ कानुनी राज्य ? जनता न्याय माग्न कहाँ जाने ?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।