फलेवास– अत्यधिक मदिरा सेवनबाट यहाँका एक युवाको मृत्यु भएको छ।
पर्वतको मोदी गाउँपालिका–७ का ४२ वर्षीय पटकबहादुर क्षेत्रीको घरेलु रक्सीको सेवनबाट ज्यान गएको हो। अत्यधिक मदिरा सेवन गरेर बुधबार साँझ घरबाट निस्किएका क्षेत्रीको गाउँ नजिकै रहेको चिहानडाँडा सामुदायिक वनमा बिहीबार शव फेला परेको प्रहरीले जनाएको छ।
उनको मदिराकै कारण लडेर ज्यान गएको हुनसक्ने प्रहरीको अनुमान छ। मृतक क्षेत्रीको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ।
गाउँमा अवैधरुपमा घरेलु मदिरा उत्पादन गर्ने भट्टी सञ्चालनमा रहेपनि नियन्त्रणका लागि प्रहरी प्रशासनले कुनै चासो नदेखाउँदा स्थानीयको ज्यान जाने गरेको गुनासो गाउँलेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।