• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

फोक्सुन्डो यात्रा ब्लुज : मन हर्ने सौन्दर्य, मुटु दुखाउने जिन्दगी

डा विशद दाहाल आइतबार, कात्तिक ९, २०७७  ०९:२३
1140x725

२० घण्टाको अनवरत हिँडाइपछिको थकानले शरीर फत्रक्कै गलेको थियो। कुनापट्टि लठ्ठीको टेको लगाएर झोला बिसाउने तर्खरमात्र गर्दै थिएँ।

‘हजारौँ माइल दूरी पार गरेर आएका लाखौँ सलह किरालाई हाम्रो फोक्सुन्डो तालले कर्लप्पै निलिदियो नि सर’, फोक्सुन्डो गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष निमा लामाको यो कुराले एक्कासी कान ठाडो बनाइदियो।

स्थानीयले बताएअनुसार फोक्सुन्डो तालले दिनमा तीन पटक आफ्नो रङ बदल्छ (जुन कुरा एक दिने फोक्सुन्डो बसाइका क्रममा हामीले पनि महसुस गर्‍यौं। बिहान झिसमिसेमा एउटा रङ, दिउँसो घाम लाग्दै जाँदा अर्को रङ अनि साँझपख अर्को। रुकुम, जाजरकोट, मुगु, जुम्ला हुँदै उडेका सलह जब डोल्पा पुगे, फोक्सुन्डो पूरै हरियो बनेर बसेको थियो। झट्ट माथिबाट हेर्दा सलह त के सबैभन्दा बौद्धिक मानिएको मानिसले समेत फोक्सुन्डोलाई पानी भरिएको सबैभन्दा गहिरो ताल नभइ भर्खरै लहलहाउँदै गरेको धान खेत नै भन्ने थिए।

कुनै स्वादिष्ट बाली खान पाइने आशमा उड्दै गरेका सलह एक एक गर्दै तालमा गएर जाकिए। अन्तत संसारका मै हुँ भन्ने राष्ट्रहरुलाई  समेत हायलकायल बनाइदिएको लाखौं सलहलाइ फोक्सुन्डोले यसरी निमेषभरमै कर्लप्पै निलिदियो।

डोल्पा घुम्ने मन
पहिलोपटक ‘क्याराभान’ फिल्म हेर्दा डोल्पाको सौन्दर्यले मन औधि लोभ्याएको थियो। कालान्तरमा डोल्पासँगै सिमाना जोडिएको पालिकामा जागिर खाने संयोग मिल्यो। समयसँगै क्याराभानका सम्झनाहरु फिका भइसकेका थिए। तर एकसाँझ जुन घटना घट्यो, त्यसले मेरो पूरै मथिङ्गल हल्लाइदियो।

रुकुम पश्चिममा अवस्थित आठबिसकोट नगरपालिकाको नगर अस्पतालमा मेडिकल अधिकृतका रुपमा काम गरेको ६ महिना पुग्न–पुग्न लागेको थियो। राडी बजारका नामले प्रख्यात यो ठाउँ जाजरकोट, रुकुम र डोल्पा (तल्लो भाग)का मानिसहरुको लागि सबैभन्दा ठूलो व्यापारिक केन्द्रबिन्दु हो।

त्यस रात म सुत्ने तरखर गर्दै थिएँ, ‘कोही लडेको बिरामीलाई इमर्जेन्सीमा ल्याएको छ तुरुन्तै आउन पर्‍याे’ भन्ने खबर आयो। अन्दाजी १२÷१३ वर्षको बच्चा रुखबाट लडेर ल्याएका रहेछन्। दिउँसोतिर लडेको बच्चालाई डोल्पाबाट राडी ल्याइपुर्‍याउँदा रातको १० बजिसकेको थियो। ड्युटीमा रहनुभएकी सबिता सिस्टर अघिदेखि भेन खोल्ने प्रयास गर्दै हुनुहुन्थ्यो। छेउमै उभिएकी आमा ‘अघिसम्म अया–अया भनिरहेको मेरो बाबु किन बोल्दैन’ भनेर रोइरहेकी थिइन्।

nimb
nimb
Ncell 2
Ncell 2

शंका लागेर हतपत मैले बच्चाको नाडी छामेँ, धड्कन भेटिएन। घाँटीमा पनि छामें, सास बाँकी रहेको कुनै प्रमाण फेला पार्न सकिनँ। इसीजीका तारहरु शरीरभरि जोडेर पनि हेरें, कुनै उतार–चढावहरु थिएनन्। यतिन्जेल सायद बच्चाको आमाले सबै बुझिसकेकी थिइन्। घोप्टो परेर रुन थालिहालिन्। यस्ता घटनाहरुसँग अभ्यस्त नै थिएँ तर अर्धमुर्छित मृत बच्चाको आमाले जे भनिन्, त्यस वाक्यले मलाई नराम्रैसँग झस्काइदियो।

‘यत्रो राडी ल्याउँदा पनि मेरो बच्चालाई बचाउन सक्नुभएन,’ मेरो अनुहारतिर हेरेर ती आमाले धरर आँसु खसालिन्। 

म रातभर सुत्न सकिनँ। दोहोर्‍याइ, तेहेर्‍याइ  त्यही वाक्य मेरो कानमा बजिरहेको थियो, ‘यत्रो राडी ल्याउँदा पनि।’

हे भगवान् हामी कस्तो युगमा बाँचिरहेका छौं? राडी बजार जहाँ विद्युतको केन्द्रीय लाइन जडान भएको छैन। राम्रोसँग घाम नलागे सोलारको पावर नपुगेर रातभर अस्पताल अन्धकार रहन्छ, अक्सिजन चल्दैन। फोनको नेटवर्क टिप्न माथि डाडाँमा उक्लिन पर्छ। अस्पताल जसले आजसम्म विशेषज्ञ चिकित्सकको अनुहारसमेत देखेको छैन र अझै केही वर्ष देख्ने सम्भावना पनि छैन।

त्यस्तो राडी बजार डोल्पा र जाजरकोटका मानिसहरुका लागि सपनाको सहर हो। हामीले सोच्ने गरेको यूरोप, अमेरिका जस्तै हो उनीहरुका लागि राडी बजार। मान्छे सपना त त्यही हदसम्म त देख्ने रहेछ, जुन हदसम्म ऊ पुग्न सक्छ। लाग्यो, सपनाको पनि त सीमा हुँदो रहेछ!  त्यसैले त अर्धमूर्छित अवस्थामा समेत उनी भन्दै थिइन्, ‘यत्रो राडी ल्याउँदा पनि।’ त्यही दिनदेखि मलाई डोल्पा जाने हुटहुटी चलेको थियो। ती मानिसको घरसम्म जान मन थियो, जसले राडी बजारलाई सपनाको सहर ठान्छन्।

सडक सन्जालले नछोएको सदरमुकाम
फोक्सुन्डो तालतर्फको पैदल यात्रा डोल्पा जिल्लाको सदरमुकाम दुनै बजारबाट प्रारम्भ हुन्छ। जाजरकोट, रुकुम वा आसपासका जिल्ला बाहेकका मानिसहरुका हकमा दुनै पुग्ने सबैभन्दा सहज माध्यम भनेको हवाइ यात्रा नै हो। जुफाल विमानस्थलबाट दुनै एकाध घण्टामा सजिलै पुग्न सकिन्छ तर सडक मार्गबाट दुनै पुग्नु सानोतिनो युद्ध जिते बराबर नै हो।

नेपालगंजबाट एउटै गाडी चढेर दुनै पुगिदैन। बीचमा धेरै ठाउँ पुलहरु बनिसकेका छैनन् , सडकहरु बन्ने क्रममै छन्। तसर्थ बीचमा ओर्लदै तीन वा चारवटा गाडी बदल्नु बाध्यता हो। सबेरै नेपालगंजबाट गाडी चढ्नुभयो भने त्यसदिनको तपाइको बास राडी बजारमा हुनेछ। जाजरकोट जिल्लाको सदरमुकाम खलंगासम्म टालटुल पारेका पिच बाटो भेटिएपनि त्यसपछि भने चिल्लो कालो सडक देख्न माथि तिब्बत नै पुग्नुपर्छ।

राडीबाट तल्लुबगर एउटा जिपले पुर्‍याइदिन्छ। बीचमा पुल बनिसकेको छैन, त्यसैले तल्लुबाट एकैछिनको पैदलपछि त्रिपुराकोट पुग्ने अर्को जिप भेटिन्छ। फेरि त्रिपुराकोटदेखि दुनैसम्म जान अर्को जिप चढ्नुपर्छ। धुलाम्मे सडक, साँघुरा मोडहरु, अग्ला भिरहरु, तल छ्याङ्गै भेरी त्यसमाथि ठूलाठूला ढुङ्गामा थचारिएर थोत्रिएका जिपहरु। यात्रा कष्टपूर्ण त छँदैछ, पाइलैपिच्छे जोखिमपूर्ण पनि रहेको छ।

नेपालगञ्जबाट लोड भएका सामानहरु दश ठाउँमा कहिले मानिसले त, कहिले खच्चडले अनि कहिले ट्याक्टरले उचाल्दै पछार्दै बल्ल दुनै पुग्छन्। पत्याउनोस् वा नपत्यानोस् यसै देशमा एउटा डोल्पा भन्ने यस्तो जिल्ला छ, जसको सदरमुकामलाई समेत राम्रोसँग सडक सञ्जालले छुन सकेको छैन।

यस्तो लाग्छ, देश भनेको त फगत काठमाडौँ रहेछ! जहाँ चिल्लो बनाइएका दुई चारवटा सडकका तस्विर देखाएर देश विकास हुँदैछ भनेर प्रचार गरिन्छ। त्यसैले त हाम्रो देशको सरकारलाइ एकपटक भएपनि राडीदेखि दुनैसम्म जिपको हुटमा राखेर यात्रा गराउन औधी मन लागेको छ।

सुलीगाड टु सालडाङ : थिन्लेको चौरी हिँड्ने बाटो 
सुलीगाड शे–फोक्सुन्डो राष्ट्रिय निकुन्जको प्रवेशद्वार हो। यहीँबाट सुरु हुन्छ उपल्लो डोल्पातिरको यात्रा। थिन्लेले अस्कारकाे एक क्याटगाेरीकाे पुरस्कार जित्न सफल चलचित्र क्याराभानका नायक हुन्। सालडाङ उपल्लो डोल्पामा पर्ने एउटा गाउँ हो जहाँ थिन्लेको घर छ।

थिन्ले क्याराभानका नायक हुनुका साथसाथै डा. गोविन्द केसीका मिल्ने साथी पनि हुन्। हामी एमबिबिएस पढ्दा कहिलेकसो केसी सरको क्वार्टरमा जान्थ्यौँ अनि घण्टौँसम्म उहाँका यात्रा अनुभूतिहरु सुनिरहन्थ्यौँ। यही क्रममा थुप्रै पटक सरले थिन्लेसँगका रमाइला किस्साहरु हामीलाइ सुनाउनु भएको थियो। यसर्थ पनि थिन्लेको गाउँ अनि उनी हिँड्ने बाटो हेर्ने मन पहिल्यैदेखि थियो।

चलचित्रमा नुनको व्यापार गर्न सालदाङबाट आउने क्रममा हिउँले उसको शरिर पूरै गलाउँछ, चिप्लन्छन र आफ्नो इच्छा बमोजिम नै हिमालमै प्राण त्याग गर्छन्। केही वर्ष अगाडि ठ्याक्क सिनेमामा जस्तै दुनैबाट सालदाङ जाने क्रममा भिरबाट लडेर थिन्लेको मृत्यु भएको थियो। 

पैदल यात्रा सुरु गर्नै लाग्दा यस्तो लाग्यो, आजसम्म हजारौँ चौरीहरु अनि सयौँ थिन्लेहरु खसिसकेको भीर छिचोल्दै फोक्सुन्डोसम्म पुग्न सानो आँट र साहसले हँुदैन। एकपटक लामो सुस्केरा हालियो अनि फोक्सुन्डो खोलाको तिरैतिर उकालो लागियो।

बिस्तारै हिँड्नेका लागि पनि पहिलो दिनको बास २५०० मिटरको उचाइमा रहेको  छेप्कामा हुन्छ। ढिलो यात्रा प्रारम्भ गरे बीचमा रहेका कागेनी र स्याङ्टामा पनि राम्रै होटलहरु भेट्टाउन सकिन्छ। हुन त घोडामा जाने वा स्थानीय बासिन्दाहरु बिहान सबेरै हिँडेर फोक्सुन्डो नै बास बस्न पनि पुग्छन्। तर, विभिन्न कुराहरुले गर्दा त्यसो गर्नु उपयुत हुँदैन। पहिलो त २००० मिटरमा रहेको दुनैबाट एकैचोटी ३६०० मिटर पुग्दा लेक लाग्ने सम्भावना रहन्छ। अर्कोचाहिँ त्यस्तो भीरको बाटोमा बिस्तारै जोगिएर यात्रा गरेको बेस।

बाटो अत्यन्त साँघुरो, दुईजना गफ गर्दै साथै हिँडौ भने पनि नमिल्ने। यसो खुट्टो चिप्लियो भने सिधै तल फोक्सुन्डो खोलामा पुगिने। कतै खोलैमाथि ढुङ्गा हालेर बनाइएको बाटो त कतै पहरो काटेर। कतै घना जङ्गलको बीचबाट हिँड्न पर्ने त कतै आँखाले भ्याएसम्म खैरो उजाड पहाड मात्र देखिने। 

बाटैभरि दुनैबाट सामान ओसार्दै गरेका घोडा, खच्चड र चौरीका क्याराभानहरु भेटिन्छन्। यिनै क्याराभानहरुलाई लिएर सदिऔँदेखि सुलिगाड टु सालदाङ अनि सालदाङ टु सुलिगाड गरिरहेका छन् हिमाली थिन्लेहरु। 

ठूली भेरी ब्लुज
बुद्धिसागरको प्रसिद्ध उपन्यास कर्नाली ब्लुजमा कर्णाली नदिको तिरैतिर अवस्थित सुर्खेत, दैलेख, कालिकोटका दुःखहरु वर्णन गरिएको छ। तर, कर्णाली प्रदेशमै अर्को एउटा त्यस्तो नदि छ -भेरी जसले सयौँ वर्षदेखि जाजरकोट, रुकुम र डोल्पाका उस्तै मर्मस्पर्शी कथाहरु आफ्नो गर्भमा लुकाएर बगिरहेको छ।

अघिल्लो रात छेप्कामा हामी बास बसेको होटल छेवैको घरमा एकजनालाई याकले हानेको रहेछ। तिखा याकका सिङले उनको गुप्ताङ्ग र मलद्वार बीचको भागलाइ छेडेछ। निकैबेरसम्म धेरै रगत बगिरहेछ। त्यस ठाउँमा हेलिकप्टर बोलाएर उद्धार गरेको ६ लाख पर्ने स्थानीयहरुले बताए, अझ रातको समयमा केही कसो अभर परे जति नै पैसा भएपनि हेलिकप्टर आउन नसक्ने। 

ती याकले हानेका मानिसर्ला  राती नै भर्‍याङ आधा भाँचेर त्यसैलाइ स्ट्रेचर बनाइ ६ जनाले बोकेर दुनै लगेको कुरा साहुनीले सुनाइन। दिनभरिको हिँडाइले शरिर मात्र गरुङ्गो भएको थियो, अब त मन पनि भारी भएर आयो।

उसो त रुकुम बसाइकै दौरान यस्ता तीता–नमिठा घटनाहरुसँग साक्षात्कार नभएका होइनन्। सामान्य औषधिले ठीक हुने निमोनिया भएको जाजरकोटको सानो बालक पैसा नभएर आठ दिनसम्म अस्पताल नल्याउँदा आफ्नै हातमा बितेको धेरै भएको थिएन। आन्द्रा प्वाल परेको छ, अपेरशन गर्न नेपालगञ्ज लग्नुस भन्दा पैसाकै अभावमा जुरुक्क बोकेर थुप्रै छोराहरुले आफ्ना बा/आमाहरुलाई घरतिर लगेको देखेको छु। बीचकाे खोलो बढेर गाडी रातभर आधा बाटोमा रोकियो, बिहान कोहलपुर मेडिकल कलेज पुग्दा गेटमै फिमर फ्र्याकचर (खुट्टाको हड्डी भाँचिएको) बिरामीको सास पनि रोकियो।

यी त भए मैले अनुभूति गरेका स्वास्थ्य क्षेत्रका केही प्रतिनिधि घटना। शिक्षा, रोजगारी, गरिबीका त कुरै नगरम्।

भेरी नदि रातो नबगुन्जेल नेपालमा आजसम्म  कुनै पनि व्यवस्था परिवर्तन भएको छैन। तर अफसोस कुनैपनि व्यवस्थाले यहाँका जनताको जीवनमा भने हरियाली ल्याएको छैन। डा. गोविन्द केसी किन बारम्बार अनशन बस्छन्? भन्ने जिज्ञासा मनमा कतै छ भने एकपटक कर्णाली प्रदेशका गाउँहरु पैदल हिँड्नुस्। त्यसपछि तपाईं उहाँका हरेक सत्याग्रहमा सारथी बन्नुहुनेछ। 

किन उनलाइ पदक दिँदैनौ सरकार ?
छेप्काबाट सबेरै उठेर हिँड्दा बिहानीको खाना खान २७०० मिटर उचाइमा रहेको रियाची पुगिन्छ। भिरालो पाखामा बनेका घरहरु टाढाबाट हेर्दा अलि ढल्किएका पो हुन् कि जस्तो देखिने। सबैका घरमा स्याउ, घोडा, चौरी र च्याङ्ग्रा अनिवार्य जस्तै। यसमाथि राता गाला भएका गाउँलेहरु उस्तै मिजासिला। बिहानीको चार घण्टे कष्टप्रद हिँडाइ रियाचीको सुन्दरताले बिर्साइदियो।

रियाचीबाट दुईदेखि तीन घण्टा हिँडिसकेपछि बोर्डिङ पुगिन्छ। विद्यालय रहेको त्यस ठाउँलाई स्थानीयहरुले बोर्डिङ भन्दा रहेछन्। ३२०० मिटरको उचाइमा रहेको बोर्डिङ पुग्दा विद्यार्थीहरु किताब कापी च्यापेर बाहिर निस्कदै थिए, बाहिर पूरै कुहिरोले स्कुललाई ढाकेको थियो। सायद यही दृश्य देखेर नै गीत लेखिएको हुनपर्छ , ‘लेकका हामी केटा केटी कुहिरो भित्र स्कुल छ।’

यस्तो ठाउँमा कसरी स्कुल चलिरहेको छ भनेर जान्ने हुटहुटिले हामीलाई त्यस विद्यालयका प्रधानाध्यापक घनश्याम शर्मासम्म पुर्‍यायाे। तापरिजा माध्यमिक विद्याालय खासमा बोर्डिङ नभइ सरकारी विद्यालय रहेछ। विद्यार्थीहरुलाइ होस्टेल राखेर पढाइने भएकाले सबैले यसलाई बोर्डिङ भनेका रहेछन्।

दातृ निकायको सहयोगमा चलेको विद्यालयमा हाल साढे दुईसय विद्यार्थीहरु अध्ययन गर्दा रहेछन्। डोल्पा मात्र नभइ आसपासका जाजरकोट र रुकुम जिल्लाबाट समेत केहीले आफ्ना बाल बच्चा बोर्डिङमा लगेर भर्ना गराएका रहेछन्। विशेषतः चौबिसै घण्टा शिक्षकको निगरानीमा पढाइ हुने, दातृ निकायले दिने सुविधा अनि विद्यालयको आजसम्मको लोभलाग्दो एसइईको नतिजाका कारण अधिकांश अभिभावकले आफ्ना बाल बच्चालाई बोर्डिङमै भर्ना गर्न खोज्दा रहेछन्।

कर्णालीमा एमबिबिएस पढाइ हुन सक्दैन भन्नेहरुलाइ एकपटक तापरिजा स्कुल उर्फ बोर्डिङ घुम्न अनुरोध छ। सही नीति, लगानी र व्यवस्थापन भए  दुर्गम भेगका जनताले पनि कसरी आफ्नै घर आँगनमा गुणस्तरीय सुविधा पाउन सक्छन भन्ने अनुकरणीय उदाहरण हो तापरिजा स्कुल।

चितवन घर भएका प्रधानाध्यपक घनश्याम शर्मा, सरकारी दरबन्दी अन्तर्गत विगत १७ वर्षदेखि त्यसै स्कुलमा कार्यरत रहेछन्। उनी भन्दै थिए, ‘टेलिफोन टिप्न थालेको भर्खर पोहोरबाट हो नत्र त यता आएपछि घर परिवार, नातागोता, साथीभाइ कसैसँग पनि पाँच छ महिना सम्पर्क नै नहुने।’ कसैले हामीलाई दुईदिन थप त्यहीँ बस भनेको भए नसकिने ठाउँमा उनी सत्र वर्षदेखि काम गरिरहेका थिए।
त्यस स्कुलको अवलोकन पश्चात् सरकारसँग मेरो जम्मा दुईटा प्रश्न छ  ः

१. के एउटा दातृ निकायले लगानी गर्ने जत्ति बजेट पनि सरकारसँग छैन? 
२. सरकारले हरेक वर्ष राम्रा काम गरेकाहरुलाई पदक बाँड्छ। के आजसम्म त्यो पदकको हकदार तपरिजा स्कुल वा त्यहाँका प्रधानाध्यापक छैनन्?

शे फोक्सुन्डो होइन फोक्सुन्डो 
बोर्डिङबाट लगभग ३ घण्टा जतिको नाक ठोकिने उकालो चढेपछि बल्ल पुगिन्छ फोक्सुन्डो गाउँ जसको छेउमै बहुरङ्गी फोक्सुन्डो ताल अवस्थित छ। फोक्सोको जस्तो आकार भएका कारणले यसलाइ फोक्सुन्डो भनिएको रहेछ। 

ताललाइ शे फोक्सुन्डो भन्दा स्थानीयहरु नाक खुम्च्याउँदा रहेछन्। खासमा फोक्सुन्डो ताल र त्यहाँ भन्दा एकदिन माथि रहेको शे गुम्बा दुवैलाइ जोडेर राष्ट्रिय निकुन्जको नाम शे फोक्सुन्डो रहे पनि ताललाई भने फोक्सुन्डो मात्र भनिनुपर्ने स्थानीयहरुको जिकिर रहेको छ।

अंग्रेजी अक्षर ‘वाइ’ जस्तै तीनवटा चोसा भएको तालको लम्बाइ लगभग पाँच किलोमिटर रहेको छ। सबै ताल एकैपटक हेर्न चाहिँ फोक्सुन्डो गाउँबाट तीन घण्टा माथि रहेको भ्यू पोइन्ट पुग्नुपर्ने रहेछ। 

भ्यू पोइन्ट पुग्न ठसठस उकालो लाग्दै गर्दा, तालले आफ्नो रङ पनि बिस्तारै बदल्दै लगेको प्रस्टै देख्न सकिन्छ। बिहानीमा हल्का सेतो कालो बनेको ताल, हरियो अनि उकालो लागे सँगै झन् निलो निलो हुँदै जाँदो रहेछ। एकटकले हेरिरहँदा आँखै तिरमिराउने। उपल्लो डोल्पा हिँडेका चौरीका क्याराभानहरु तालकै डिलैडिल बडो सतर्कताका साथ लम्केका  दृश्यहरु झन् कम्ति लोभलाग्दा हुँदैनन्।

तालको रङमा झुक्किएर लाखौँ सलह किरा एक क्षणमै नाश भए। सलहलाइ निले जसरी नै सायद फोक्सुन्डोले सदिऔँदेखि कर्णालीका ब्लुजहरु (रोग, भोक, शोक र पिडा)लाई निल्दै आइरहेको छ। त्यसैले त फोक्सुन्डो निलो (ब्लू) छ। आज पनि भेरी निलै बगिरहेकी छिन्।

 

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७  ०९:२३
  • #bishad
  • #foksundo
  • #karnali

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भीडभाडबाट सुनसान बनेको हिमाली बजार सल्लेरी
हेर्नुहोस् तस्बिरमा बडीमालिका
सीमा क्रोएसियाको जेडएनके स्प्लिट क्बलमा अनुबन्ध
सम्बन्धित सामग्री
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै स्विस सरकारले जिरीमा विगतमा गरेको सहकार्यको उदाहरण दिँदै फिल्म सिटीमा पनि लगानी गर्न सक्ने चासो देखाएको उनको भनाइ छ । फिल्म सिटीको प... सोमबार, भदौ ८, २०८३
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान पछिल्लो तथ्यांकअनुसार ८० जनामा पुष्टि भएका केसहरूमध्ये ५१ जना अर्थात् ६४ प्रतिशत १५ वर्षभन्दा माथिका छन्। जेईका कारण भएका मृत्युमध्य... आइतबार, भदौ ७, २०८३
विस्थापित सांस्कृतिक सम्पदा र ‘फिर्ताको राजनीति’माथि तारागाउँ कल्चरल सेन्टरमा प्रदर्शनी ‘ह्वाट एम्पायर टुक, ह्वाट एम्पायर लेफ्टः म्युजियम्स, बोर्डर्स एन्ड द पोलिटिक्स अफ रिटर्न इन साउथ एसिया’ शीर्षकको प्रदर्शनी आइतबार बौ... आइतबार, भदौ ७, २०८३
ताजा समाचारसबै
भीडभाडबाट सुनसान बनेको हिमाली बजार सल्लेरी मंगलबार, भदौ ९, २०८३
हेर्नुहोस् तस्बिरमा बडीमालिका मंगलबार, भदौ ९, २०८३
सीमा क्रोएसियाको जेडएनके स्प्लिट क्बलमा अनुबन्ध मंगलबार, भदौ ९, २०८३
नीशम जनकपुर बोल्ट्समा फर्किए मंगलबार, भदौ ९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्