काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले दसैं शुभकामनामा प्रयोग गरेको पुरानो नक्साप्रति कांग्रेसले आपत्ति जनाएको छ।
संसदले पारित गरेको चुच्चे नक्साको स्थानमा प्रधानमन्त्रीले पुरानै नक्सा प्रयोग गरेपछि कांग्रेस प्रवक्ताले नक्सा पनि असुरक्षित रहेको बताए।
नक्सा पुरानै प्रयोग गर्न थालिएपछि भूमि आउनेमा आशंका गर्दै उनको प्रधानमन्त्रीलाई प्रश्न छ,‘नक्सा असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा विसर्जन?’
नेपाली भूमि नसमेटिएको नक्सा प्रयोगलाई सामान्य त्रुटि मान्न नसकिने शर्माले ट्विटमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।