काठमाडौँ – न्याय परिषद्ले १० जना जिल्ला न्यायाधीशको सरुवा तथा २० जना जिल्ला न्यायाधीशको पदस्थापनका लागि सिफारिस गरेको छ।
बुधबार सम्पन्न परिषद् बैठकले उक्त सरुवा र पदस्थापनसम्बन्धी निर्णय गरेको हो।
बैठकले उपभोक्ता अदालत, काठमाडौँको अध्यक्षमा काठमाडौं जिल्ला अदालतमा कार्यरत न्यायाधीश डा. दिवाकर भट्टलाई नियुक्त गर्न परामर्श दिने निर्णयसमेत गरेको छ। साथै, बीमा ऐन २०७९ को दफा १४७ को उपदफा (१) बमोजिम कसुरसम्बन्धी मुद्दाको सुनुवाइ, कारबाही तथा किनारा गर्न देशभरका ७७ वटा जिल्ला अदालतलाई तोक्ने निर्णय पनि परिषद्ले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।