काठमाडौं-सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घुसको मोलमोलाइको अडियो रेकर्ड गर्ने विजयप्रकाश मिश्र आज साँझ जापानबाट काठमाडौं फर्कदैछन्। स्वीस कम्पनीका एजेन्ट उनले आजै पत्रकार सम्मेलन गरी उक्त प्रकरणमा यथार्थ बताउने पनि बताएका छन्।
‘म विमानस्थल जाँदैछु, साँझ नेपाल आइपुगेर पत्रकार सम्मेलनमार्फत् प्रकरणका विषयमा सत्यतथ्य जानकारी दिनेछु’ उनले जापानबाट नेपाललाइभसँग भने।
तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा आफूसँग घुसको मोलमोलाइ गरेको अडियो रेकर्ड गरी मिश्रले सार्वजनिक गरेका थिए। अडियो सार्वजनिक भएपछि मन्त्री बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए।
अख्तियारले उनलाई बयानका लागि ७ दिनभित्र उपस्थित हुन सार्वजनिक सूचना प्रकाशित गरेको थियो।
उनले आफू अख्तियारलाई बुझाउनकै लागि रेकर्डिङ डिभाइस लिन जापान गएको दाबी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।