काठमाडौं- सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा स्थानीयबाहेकले जान नपाउने भएका छन्। गाउँपालिकास्थित तेन्जिङ हिलारी विमानस्थलमा उडान भर्दै आएका सबै वायुसेवा प्रदायक कम्पनीहरूलाई पत्र लेख्दै गाउँपालिकाले स्थानीय र कर्मचारीबाहेकलाई नल्याउन अनुरोध गरेको हो।
स्थानीय र गाउँपालिका क्षेत्रमा सेवा प्रदान गर्ने कर्मचारीहरूका लागि भने ७२ घण्टाभित्रको पिसिआर नेगेटिभ रिपोर्ट देखाएर मात्र यात्रा गर्न पाउने जानकारी गाउँपालिकाले दिएको हो।
गाउँपालिकामा कोरोना भाइरस संक्रमित भेटिन थालेपछि बाहिरका यात्रुलाई प्रवेश दिन नसकिएको पत्रमा लेखिएको छ।
गाउँपालिकामा कात्तिक ७ गतेदेखि लागू हुनेगरी अर्को सूचना नभएसम्मका लागि यात्रुको आगमन बन्द गरिएको हो।
सगरमाथा क्षेत्रको भ्रमण गर्न चाहने पर्यटकले सो विमानस्थल प्रयोग गर्दै आएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।