• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कोरोना महामारीमा चाडपर्व: कसरी खुसी बनाउने बालबालिकालाई?

कमला गुरुङ शनिबार, कात्तिक ८, २०७७  १७:२९
1140x725
फाइल फोटो

काठमाडौं- बडादसैं अर्थात् नेपालीको महान चाड । दसैं भन्ने बित्तिकै शरीरमा नयाँ कपडा, निधारमा टीका, कानमा जमरा, दक्षिणा अनि मिठा–मिठा परिकार सबैको मानसपटलमा आइहाल्छ । 

मान्यजनको हातबाट टीका, जमरा र आर्शिवाद थापेर दसैं मनाउनुको मज्जा नै बेग्लै छ । यदि परिस्थिति विगतका वर्षहरुको जस्तो सामान्य हुन्थ्यो भने दसैंको रौनक नै फरक हुन्थ्यो । यस वर्षको दसैं सबै नेपालीका लागि फरक अनुभव हुनसक्छ । बढ्दो कोरोनाको जोखिमले विगतका वर्षहरुमा जसरी दसैं मनाउने अवस्था अहिले छैन ।

विश्वलाई त्रसित बनाएको कोरोनासँग जुध्दै अघि बढेको करिब ९ महिना भयो । यो अवधिमा नेपालीले लकडाउन, कफ्र्यु अनि निषेधाज्ञाको सामना गर्नु परेको छ । लकडाउन नेपालीका लागि विल्कुलै नयाँ अनुभव अनि सिकाइ थियो ।  

सामाजिक दूरी कायम राख्दै मास्कको प्रयोग अनि साबुनपानीले हात धुनु अनिवार्य भइसकेको छ । यिनै कुराहरुलाई अबलम्वन गर्दै हामीले दसैंलाई उत्साहका साथ मनाउनु छ । 

चाडपर्व भन्ने बित्तिकै विशेषगरी बालबालिका बढी उत्साहित हुन्छन् । चाडपर्वलाई लिएर उनीहरुको अपेक्षा पनि धेरै नै हुने गर्छ । बालबालिकाका लागि चाडपर्वको अर्थ रमाइलो गर्ने, घुमफिर गर्ने अनि मिठा परिकार खाने हुन्छ । यो परम्परादेखि चल्दै आएको एक किसिमको परिपाटी पनि हो । 

चाडपर्व आफ्ना बालबालिकालाई संस्कृति र परम्परा सिकाउने अभिभावकका लागि अवसर पनि हो । यसले बालबालिकालाई चाडपर्वको महत्व मात्र होइन, विभिन्न धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्न समेत प्रोत्साहन गर्छ । तर अहिले अवस्था सामान्य छैन । देशमा कोरोनाको जोखिम र त्रास दैनिक बढ्दो छ । 

बजारमा किनमेल गर्न जान पनि निकै सावधानी अपनाउनुपर्छ । सामाजिक दूरी कायम गरेर दसैं मनाउनुपर्ने भएकाले पनि के–कसरी दसैं मनाउने भन्ने एक किसिमको अन्योल छ अहिले । 

बालबालिकामा देखिन सक्ने मनोवैज्ञानिक समस्या
कोरोनाका कारणले आएको उतारचढावबाट प्रत्यक्ष असर पर्ने समूहमध्ये बालबालिका पनि एक हुन् । बढ्दो कोरोनाका कारण बालबालिकामा मनोवैज्ञानिक असर समेत परेको छ । बालबालिकाको मनोविज्ञान बुझ्नु अभिभावकहरुका लागि आवश्यक अनि चुनौती दुवै छ । 

Ncell 2
Ncell 2
nimb
nimb

कान्ति बाल अस्पतालका बाल मनोरोग विशेषज्ञ डा अरुण कुँवर कोरोनाका कारण बालबालिकालाई मनोवैज्ञानिक रुपमा समेत असर पुगेको बताउँछन् । उनी भन्छन्, ‘सामाजिक दूरी कायम गरेर दसैं मनाउनुपर्ने भएकाले के–कसरी गरेर दसैं मनाउने भन्ने एक किसिमको अन्योल देखिन्छ । त्यसमा पनि बालबालिका झन् बढी अन्योलमा छन् जस्तो लाग्छ ।’

डा कुँवरका अनुसार चाडपर्वको बेला बालबालिकामा मनोवैज्ञानिक समस्या कम देखिने गर्छ । चाडपर्वमा उनीहरु रमाइलो गर्ने भएकाले पनि मनोवैज्ञानिक समस्या कम देखिने गरेको उनले बताए । तर अहिले चाडपर्वको समय भए पनि रमाइलो गर्ने, घुमफिर गर्ने अवस्था छैन । सामान्य रुपले मनाउँदै आएको चाडपर्व फरक किसिमले मनाउनुपर्दा बालबालिकामा एक किसिमको र समस्या देखिन सक्ने उनले बताए ।  

बालबालिकाले देखाउने संकेत 
कुनै पनि बालबालिकामा मनोवैज्ञानिक असर पर्दा उनीहरुले विभिन्न किसिमका संकेत देखाउने गर्छन् । यी संकेतलाई अभिभावकले बुझेर सोही अनुसार व्यवस्थापन गर्न आवश्यक छ ।  

बालबालिका डराउने, आत्तिने, चिन्ता गर्ने, घरमा भएका ज्येष्ठ नागरिक सदस्यको मृत्यु हुन्छ की भनेर डराउने खालका समस्या देखिने गरेको डा कुँवर बताउँछन् । उनका अनुसार अहिलेको परिस्थितिमा बालबालिकाले यी सबै देखाउने व्यवहार एक किसिमले स्वभाविक पनि हो । 

उनले भने, ‘अहिलेको अवस्थामा बालबालिकाले यस किसिमको व्यवहार देखाउनु सामान्य पनि हो । यो समय बित्दै जाँदा विस्तारै ठिक हुँदै जान्छ । ठूला मानिसलाई त डर–त्रास भएको बेला बालबालिकामा हुनु अस्वभाविक होइन ।’

सामान्य तरिकाले दसैं मनाउन नपाउँदा बालबालिकामा एक किसिमको नैराश्यताको समस्या पनि देखिन सक्ने मनोविद डा करुणा कुँवर बताउँछिन् । 

कोरोनाका कारणले कतिपय परिवारमा आर्थिक समस्या पनि देखिएको छ । बालबालिकाको अपेक्षा अनुसार नयाँ कपडा लगाउन नपाउँदा, मिठा खानेकुरा खान नपाउँदा पनि उनीहरुमा निराशापन आउने उनी बताउँछिन् । 

उनी भन्छिन्, ‘बालबालिकाको लागि दसैं भनेको नयाँ कपडा, मिठा खानेकुरा, घुमफिर हुन्छ । कोरोना कारण कतिपय परिवारमा आर्थिक समस्या छ । उनीहरुको अपेक्षा अनुसार यी सब नहुँदा निराशापन पनि हुन सक्छ ।’

उनका अनुसार बालबालिकाले झर्को मान्ने, रिसाइरहने, झगडा गर्ने, अभिभावकसँग झुन्डिरहने, निद्रामा पनि बर्बराउने, खानपिनमा मन नगर्ने खालका व्यवहार देखाए उनीहरुमा मनोवैज्ञानिक रुपमा असर परेको छ भनेर थाहा पाउन सकिन्छ । 

अभिभावकको भूमिका
यो समयमा बालबालिकाका लागि अभिभावकको भूमिका सबैभन्दा महत्वपूर्ण हुने गर्छ । मनोविज्ञान बुझेर अभिभावकले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने मनोविद् कुँवर बताउँछिन् ।

‘यस्तो व्यवहार देखाउँदा अभिभावकहरु झन् रिसाउने पनि गर्छन् । यस्तो संकेत देखेपछि अभिभावकले झन् बुझ्नुपर्छ, रिसाउनु हुँदैन,’ उनले भनिन् । 

परिवारबाट टाढा रहेका बालबालिकामा यी समस्या बढी देखिन सक्ने उनले बताइन् । यी संकेत देखिएका बालबालिकालाई विशेष हेरचाह आवश्यक पर्ने र बढी सचेत रहनुपर्ने उनी बताउँछिन् । अभिभावकहरुले उनीहरुलाई समय छुट्याउने, उत्प्रेरणा गर्ने, सम्झाउने, उनीहरुको कुरा सुन्ने गर्नुपर्छ । 

अभिभावकले बालबालिकालाई अहिलेको अवस्थाबारे स्पष्ट रुपमा जानकारी दिन अति आवश्यक भएको बाल मनोरोग विशेषज्ञ डा कुँवर बताउँछन् । विशेषगरी उनीहरुलाई कोरोनाबाट कसरी बच्ने, मास्क कसरी लगाउने, सामाजिक दूरी कसरी कायम गर्ने लगायत विषयमा जानकारी दिनुपर्ने उनले बताए । 

तनावपूर्ण स्थिति भए पनि अभिभावकले सामान्य किसिमको दिनचर्या बिताउने प्रयास गर्नुपर्ने बताउँदै उनले भने, ‘समयमै उठ्ने, समयै खाने, समयै सुत्ने, योगा, व्यायाम गर्ने जस्ता कामहरु ग¥यौं भने उनीहरुलाई पनि सामान्य महसुस हुन्छ।’ 

उनका अनुसार अभिभावकले दैनिक एउटा रुटिन बनाउनुपर्छ । बालबालिकासँग समय बिताउने, रमाइलो गर्ने गर्नुपर्छ । 

यो बेला बालबालिकाले अभिभावकको बढी साथ खोज्छन् । अभिभावक आफू त्रसित भए पनि बालबालिकालाई यसको अनुभूति गराउन नहुने उनले बताए । 

उनले भने, ‘अभिभावकहरु आफू डराए पनि बालबालिकालाई डराएको अनुभूति गराउनु हुँदैन । यो बेला उनीहरुले अभिभावकबाट बढी साथ खोज्छन् । यदि उनीहरु नै डराए भने बालबालिका झन् डराउँछन्।’

मनोविद डा कुँवर पनि बालबालिकालाई घर परिवारमै रमाएर दसैं मनाउने वातावरण बनाउनुपर्नेमा जोड दिन्छिन् । अहिलेको परिस्थितिमा बालबालिकालाई बुझाउन सक्ने क्षमता अभिभावकमा हुनुपर्ने उनको भनाइ छ । 

बालबालिकामा हुन सक्ने मनोवैज्ञानिक समस्या आउन नदिने अर्को उपाय भनेको सामाजिक सञ्जालबाट टाढा राख्नु पनि हो । दिनमा एक÷दुई पटकभन्दा बढी समाचार नसुनाउन उनीहरुको आग्रह छ । 

डा अरुण र डा करुणा दुवै भन्छन्, ‘कोरोनाको बारेमा जानकारी दिने समाचार दिनमा एक दुई पटक भन्दा बढी सुनाउनु हुँदैन । मृत्यु भएका अनि अन्य खबरहरु बारम्बार सुन्यो भने उनीहरु झन् डराउने हुन सक्छ । सत्यतथ्य जानकारी दिनुपर्छ तर धेरै पटक समाचार सुनाउनु हुँदैन ।’

विद्युतीय सामानसँग दुई घन्टा बढी खेल्न दिन नहुने बाल मनोरोग डा कुँवर बताउँछन् । मनोविद् डा करुणा कुँवर टाढा भए पनि आफन्तसँग भिडियो कल गरेर रमाउन सक्ने बताउँछिन् । 

यी सब कुरालाई ध्यान दिन सके कोरोनाबाट जोगिएर दसैं खुसीका साथ मनाउन सकिने उनीहरु बताउँछन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०७७  १७:२९
  • #Dasain_2077
  • #दसैं_२०७७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्