• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

अविश्वासमाथि जित: शरणार्थी शिविरदेखि बायर्न म्युनिकसम्म

अल्फन्सो डेभियस आइतबार, कात्तिक ९, २०७७  ११:५७
1140x725

यो कथा तिनीहरुका लागि हुन सक्छ, जो आफैंमाथि विश्वास गर्दैनन्।

तपाईंले गएका केही वर्ष मेरा बारेमा यस्तो सुनिरहनु भएको हुनसक्छ-

जस्तो कि, म १५ वर्षको हुँदा- डेभियस बने अमेरिकी लिग खेल्ने कम उमेरका दोस्रो खेलाडी

वा, म १७ वर्षको हुँदा- बायर्न म्युनिकको कीर्तिमानी ट्रान्सफरमा डेभियस

मलाई यस्तो लाग्छ कि यी कुराहरु एकदिन पूरा हुनेछ भन्ने विश्वासमा पहिले नै थिएँ। तर यसरी होला भन्नेचाहिँ लागेको थिएन। यस्तो महसुस हुनेछ भन्ने पनि लागेको थिएन।

क्यानडाको भ्यानकुभर ह्वाइटक्याप्स क्लबमा १४ वर्षको उमेरमा आबद्ध हुँदा म असाध्यै डराइरहेको थिएँ। एडमोन्टनमा रहेको परिवार छाडेर पहिलोपटक छुट्टिएको थिएँ। असाध्यै लजालु स्वभावको थिएँ। धेरै बोल्दैन थिएँ। त्यहाँ म राम्रो खेलाडी हुँ भन्ने विश्वास म स्वयंलाई थिएन। त्यसअघि दुईपटक मैले क्लबमा आबद्ध हुन दिएको ‘ट्रायल’ हेरेर प्रशिक्षकहरुले म तयार छु भन्ने सोचेका पनि थिएनन्। तेस्रो पटकमा भने उनीहरुले मलाई लिए।

भ्यानकुभरमा १६ वर्षमुनिको टिमबाट खेल्दा मलाई मुस्किल नै भइरहेको थियो। राम्रो खेल देखाउन सकेको थिइनँ। सबै कुराहरु बुझ्न समय लाग्यो। केही समयपछि १८ वर्षमुनिको टिममा आबद्ध भएँ। त्यहाँ त झनै बढी मुस्किल थियो। सिनियर लेभलको दोस्रो रोजाइको टिममा पुगेपछि भने मैले मेहनत अझ बढाउन थालेँ।

एक्कासी ठूला खेलाडीहरुसँग खेल्न थालेको थिएँ। केही हप्तासम्म त मेरा लागि केही पनि ठीक भएन। आफ्नो स्तर बढाउन सकिरहेको थिइनँ। आफू बलियो हुन सकेको थिइनँ। तीव्र निर्णय लिन सक्ने क्षमता विकास भएको थिएन। बल पास पनि राम्रो हुन सकेको थिएन। त्यसैले म चिन्तामा थिएँ। यो सबै मलाई के भइरहेको हो, मैले यहाँ केही गर्न सकुलाँ त भनेर आफैंलाई प्रश्न गरिरहन्थेँ।

Ncell 2
Ncell 2
nimb
nimb

आफ्नै अवस्था विचार गर्न केही पछाडिको समयदेखि सोच्न थालेँ। मेरो सपना युरोपमा राम्रो खेलाडी बन्ने थियो। तर टिममा प्राय स्टार खेलाडीहरु युरोपभन्दा बाहिरका थिए। प्राय त ब्राजिल र अर्जेन्टिनाका। 

धेरैजसो हक्कीमा मात्र रुची हुने एडमोन्टन जस्तो ठाउँबाट त कति नै थिए र?

अरु कोही पनि थिएनन्। 

यसैले पनि मलाई निकै दुविधा भइरहेको थियो। म जहाँसम्म पुग्न चाहन्छु, त्यहाँ पुग्न सक्छु होला त भन्ने लागिरह्यो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

इमान्दार भएर भनौँ– भ्यानकुभरमा एडमोन्टन भन्दा रियो दि जेनेरियोबाट धेरै खेलाडी हुनुमा कारणहरु निकै थिए। चिसो वातावरणको कुरा मात्र होइन, सामन्यतः फ्रिजभित्रै बसिरहेको जस्तो मौसम नै हो। सेप्टेम्बरपछि त हिउँ परिरहेर बाहिर मैदानमा फुटबल खेल्न सम्भव नै हुँदैन थियो।

म पनि पहिलो पटक त्यहाँ पुग्दा हिउँ देखेर छक्कै परेको थिएँ। हुन पनि छ वर्षको मात्र त थिएँ। म घानामा रहेको शरणार्थी शिविरमा जन्मिएको हो। मेरो परिवार लाइबेरियाबाट शरणार्थीका रुपमा त्यहाँ बसिरहेका थिए। म पाँच वर्षको हुँदा हामी क्यानडा पसेका थियौँ। पहिले विंडसर सहरमा एक वर्ष बसेर एडमोन्टन सरेका थियौँ।

एडमोन्टनमा एक रात सुतेर उठ्दा बाहिर सबै सेतो थुप्रो देखेर अचम्ममा परेको थिएँ। मैले सोचेँ– यस्तो के हो यो? हेर्न बाहिर नै निस्किएँ। म टिसर्ट र सानो कट्टुमा मात्र थिएँ। त्यो सेतो चम्किएको वस्तुलाई छोएँ। चिऽऽऽसो थियो। बुबाआमा उठ्नुभयो र बाहिर आउनुभयो। त्यसपछि उहाँहरुले केही फोटो खिच्नुभयो। गजबका, हाहाहा।

त्यो चिसो अहिलेसम्म पनि महसुस हुन्छ। यसैले लामो समय क्यानडाको चिसोमा बसेको भए पनि मलाई जाडो मौसम मनै पर्दैन।

चिसो मौसम जस्तै एडमोन्टनमा अरु पनि कुराहरु थिए, जसमा अभ्यस्त हुनु आवश्यक थियो। टोल, विद्यालय, साथी कसरी बनाउने भन्ने जस्ता कुरामा पनि समस्या नै थियो। मैले त्यहाँ मेरो परिवारबाहेक अरु कसैलाई चिनेकै थिइनँ। त्यो समय अहिले जस्तो बोलक्कड पनि त थिइनँ। बिस्तारै वरपर मान्छेहरु चिन्न थालेपछि मभित्रको म बाहिर निस्कन थाल्यो– एउटा यस्तो केटा, जो सबैसँग नम्र छ र रमाइलो गर्न मन पराउँछ।

नयाँ ठाउँमा मेरा साथीहरु पनि खेलमार्फत नै बने। म ट्रयाक एण्ड फिल्ड, बास्केटबल, भलिबल खेल्थेँ। हक्की पनि बेलाबखत खेल्थेँ। मेरो एक साथीको बुबाआमाको आइस हक्की, स्केटिङ खेल्न मिल्ने ठाउँ थियो। त्यो आम मानिसका लागि पनि खुला थियो। मलाई स्केटिङ कसरी गर्ने भन्ने थाहा थिएन। साथीले मेरो खुट्टामा स्केट मिलाएर बाँधिदिन्थ्यो। म आइसमा यत्तिकै बढ्थेँ, सिधा उभिन सक्दैन थिएँ, लडिहाल्थेँ।

बिस्तारै खेल्दै गर्दा स्केटमा उभिन सक्ने भएँ। हक्की खेलाडीका रुपमा स्केटिङमा मेरो मूल्यांकन हुने हो भने त स्केटमा मैले गरेको काम ठूलै थियो। राम्रो सिक्दै थिएँ।

जे होस् मैले राष्ट्रिय हक्की लिग खेल्छु भन्नेचाहिँ सोचेकै थिइनँ। मेरो बुबा एडमोन्टनमा नै एउटा क्लबमा फुटबल खेल्नुहुन्थ्यो। हरेक हप्ता टेलिभिजनमा प्रिमियर लिग हेर्नुहुन्थ्यो, विशेष गरी चेल्सीको खेल। यसैले म डिडिएर डोग्बा र माइकल एसिन हेर्दै हुर्किएको हुँ। मेरो मनपर्ने टिम पनि चेल्सी नै भयो। फुटबल हेरेर सुत्ने बेला मेरो सोच ठूला स्टार खेलाडी जस्तै बन्ने नै हुन्थ्यो, जसले युरोपियन फुटबलमा नाम बनाउन सकोस्। हजारौँ दर्शकको अघि गोलको उत्सव मनाइरहेको सपना देख्थेँ।

(भनिदिहालौँ मलाई मनचाहिँ कलाकार बन्ने पनि थियो, अहिले पनि छ। तर पहिलो नम्बरमा त फुटबल नै हो।)

म यस्तै ९–१० वर्षको हुँदाको कुरा हो, विद्यालयमा एकदिन खाजा खाने छुट्टीमा फुटबल खेलिरहेको थिएँ। मेरो एउटा साथीले हेरिरहेको रहेछ। त्यो साथी एडमोन्टन इन्टरनेशनल्स भन्ने क्लबमा ट्रायल दिन जान लागेको रहेछ। उसले मलाई पनि जाउँ भन्ने प्रस्ताव राख्यो। त्यसको केही घन्टामा त हामी साँच्चै मैदानमा थियौँ।

मैले उसलाई भनेँ– मलाई डर लागिरहेको छ।

उसले भन्यो– केही हुन्न तिमी सक्छौ। 

तर चुनौती सानो थिएन। त्यो दिन राम्रो गर्न सके टिममा पर्न सकिन्थ्यो, नराम्रो भए फेरि फर्किन मुस्किल। र सुरुमा मैले बल छुँदा राम्रो हुन सकेन। त्यसपछि भने केही बलमा केही कला देखाएँ। बिस्तारै विश्वास बढ्दै गयो र मैले के गर्न सक्छु भन्ने देखाएँ। त्यसपछि हामी टिममा पर्छौँ कि पर्दैनौँ भन्ने सुन्न मैदानमा नै पर्खिरहेका थियौँ। एक्कासी वातावरण शान्त भयो। प्रशिक्षक आएका रहेछन्। सुई खसेको पनि थाहा हुने जस्तो शान्ति थियो। प्रशिक्षकले एकछिनमा भने– बधाई छ केटाहरु, तिमीहरु सबै टिममा छानियौ।

सबै खुसीले कराउन थाले– याहुउउउउ!

म क्लबमा आबद्ध भएँ। जसले फुटबलप्रतिको मेरो लगाव अझै बढ्दै गयो। राम्ररी बढ्दै गयो। फुटबल नै सधेँ मेरो वरिपरि भइरह्यो।

तर मेरा लागि एउटा समस्या थियो। घरमा काम गर्नुपर्ने कारण मेरो अभ्यास छुटिरहन्थ्यो। म बच्चा रेखदेख गर्ने काम गर्थेँ।

अहिले म १९ वर्षको छु। मेरो बहिनी एन्जेल आठ वर्षकी भइन्। भाइ ब्राइन १२ वर्षको भयो। यसैले ७ वर्ष पहिले उनीहरुलाई घरमा हेरविचार गर्ने काम मेरो पनि थियो। किनभने बुबाआमा सधैँ घरमा उनीहरुलाई हेरेर बसिरहन भ्याउनुहुँदैन थियो। उहाँहरु काममा जानुपर्थ्यो। बुबा कुखुराको मासु प्याक गर्ने ठाउँमा काम गर्नुहुन्थ्यो। कहिलेकाहिँ त कामका लागि उहाँ मध्यरातमा जानुहुन्थ्यो र बिहान अबेर मात्र फर्किनुहुन्थ्यो। मेरो आमा घर सरसफाइ गरिदिने काम गर्नुहुन्थ्यो। उहाँहरु दुबैको काम एउटै समयमा परेको बेला घरमा भाइ बहिनी हेर्ने काम मेरो हुन्थ्यो। यसैले मेरा साथीहरु फुटबल अभ्यास गरिरहँदा वा भिडियो गेम खेलिरहँदा म भने लोरी सुनाउने र डाइपर फेरिदिने काममा हुन्थेँ।

अँ, त्यसैले मेरो फुटबल विकासका लागि त्यो वातावरण राम्रो भइरहेको थिएन। तर म भाग्यमानी नै केटो हो। एकदिन मेरो एउटा साथीले अर्को क्लबमा जानका लागि हाम्रो क्लब छाड्यो। त्यो साथी एडमोन्टन स्ट्राइकर्स क्लबमा आबद्ध भएको थियो, जहाँ उसको बुबा नै प्रशिक्षक थिए। त्यो साथीले मलाई पनि नयाँ क्लबमा जाऔँ भन्ने प्रस्ताव राख्यो।

मैले साथीको कुरालाई कसरी हुन्छ भने थाहा छैन, किनभने लिगमा त्यो क्लबको अवस्था नाजुक थियो।

तर अहिले आइपुग्दा लाग्छ, धन्न मैले त्यो बेला हुन्छ भनेछु। किनकि उनको बुबा निक हुजी हुन्। जो अहिले पनि मेरो फुटबल प्रतिनिधि (एजेन्ट) छन्।

निकले निकै छिटो टिमको विकास गरेका थिए। सबै खेलाडीहरु कडा मेहनत गर्ने स्वभावका थिए। उनी प्रशिक्षक मात्र होइन, हरेकका लागि विशेष थिए। मेरो जीवनमा पनि उनी विशेष भइरहे। जीवनको केन्द्रमा नै उनै रहे। मलाई अभ्यासमा लैजाने र घर फर्काउने काम उनले नै गर्थे। खाने कुराहरु दिन्थे। मैले राम्रो गरिरहेको छु कि छैन विचार गर्थे। आफ्नै छोरा जसरी उनले मेरो रेखदेख गरे।

म ११ वर्षको हुँदा निकोलस सकर एकेडेमीमा पनि अभ्यास गर्न थालेँ। त्यहाँ हरेक दिन अभ्यास गर्थेँ। जब कि त्यो बेला एडमोन्टन स्ट्राइकर्सबाट पनि खेलिरहकै थिएँ। निकोलस सकर एकेडेमीमा सबै जना असाध्यै फुटबल मन पराउनेहरु थिए। जस्तै थाकेको अवस्थामा पनि उत्साहका साथ खेलिरहन्थ्यौँ। त्यहाँ इन्डोर अभ्यास गर्ने ठाउँहरु पनि थिए। जसले गर्दा जाडो मौसममा पनि अभ्यास गर्न सजिलो भयो। त्यसले मेरो फुटबल विकासमा विशेष अर्थ राखेको छ। 

मैले एडमोन्टन स्ट्राइकर्स र निकोलस सकर एकेडेमी दुबै टिमका लागि खेलिरहेँ र सक्दो अभ्यास पनि गरिरहेँ। त्यसरी नै दिनहरु बितिरह्यो।

२०१५ को अगस्टको कुरा हो, जतिबेला म १४ वर्षको थिएँ। म भ्यानकुभर ह्वाइटक्याप्समा आबद्ध हुन योग्य भइसकेको थिएँ। 

त्यो उमेरमा परिवार छाडेर पर जान सजिलो पक्कै पनि थिएन। मलाई भ्यानकुभरले पनि निकै नै सहयोग गरेको हो। मेरो बस्ने व्यवस्था उनीहरुले राम्ररी मिलाइदिएका थिए। मैले फुटबल अभ्यासका कारण विद्यालयको कक्षाहरु लिन नपाउँदा उनीहरुले नै पैसा तिरेर अतिरिक्त कक्षा पनि मिलाइदिएका थिए। म त्यहाँ पुगेको पहिलो दिनदेखि छाडेर जाने दिनसम्म नै उनीहरुले मेरो राम्रो रेखदेख गरे। 

भ्यानकुभरको युवा टिममा मैले राम्रो खेल्न नसकिरहँदा पनि उनीहरुले असाध्यै मद्धत गरिरहेका हुन्। तर अघि मैले भने जस्तो जब म दोस्रो रोजाइँको टिममा पुगेको थिएँ, त्यसबेला अब म यहाँबाट अघि जान सक्दिनँ जस्तो लागिरहेको थियो।

२०१६ को अप्रिलमा मैले असाध्यै नराम्रो खेल खेलेको थिएँ। त्यही समय थियो अब के गर्ने भन्ने मलाई यकिन भइरहेको थिएन। तर त्यही समय सिनियर टिमका एक खेलाडीले मेरो हौसला बढाउने काम गरिरहेका थिए। उनको नाम पा मोडु का हो। उनी असाध्यै अनुभवी खेलाडी हुन्। उनले नर्वे, स्वीडेन, नेदरल्याण्ड्स, कतार, साउदी अरेबिया र पोर्टल्यान्ड टिम्बर्सबाट समेत खेलिसकेका थिए। उनले मेरो खेल हेरिरहँदा मलाई मुस्किल भइरहेको बुझेका थिए। यसले उनले मलाई भने– नडराई खेल र अघि बढिरहू, हामी सबैका लागि खराब खेलहरु जीवनमा आएकै हुन्छन्। मानसिक रुपमा आफू बलियो भएपछि मात्र अघि बढ्न सकिन्छ।

पहिले त उनले यसै के भनिदिए भने जस्तो लाग्यो। उनी राम्रो बनिन त्यसो भनिरहेका छन् जस्तो पनि लाग्यो। तर उनले भनेका कुराहरुले मेरो दिमागमा लामो समय घर बसायो। हो त, मानसिक रुपमा बलियो भएर अघि बढ्ने हो भने न लक्ष्य भेटिन्छ।

त्यसपछि मैले उनीसँग सल्लाहहरु लिन थालेँ। अगाडि बढ्न मेहनत गरिरहेँ। बिस्तारै खेल राम्रो हुँदै गयो। अप्रिलमा त्यस्तो खराब खेलेको मैले मे महिनामा त युएसएल च्याम्पियनसिपमा पहिलो गोल नै गर्न सकेँ। त्यसको केही समयमा त सिनियर टिमका प्रशिक्षक कार्ल रोबिनसनले भने– अल्फन्सो तिमी सिनियर टिममा अभ्यास गर्न आऊ।

मेरा लागि त्यो यति उत्साहको कुरा थियो कि नशामा रगत रोकिए जस्तो लाग्यो। हुन पनि म १५ वर्षको न थिएँ। सिनियर टिममा अभ्यासको पहिलो दिन सबैसँग सामान्य हाइ हेलो भयो। मेले सोचेको थिएँ, आफू धेरै बोल्नभन्दा खेल नै बोलोस्। तर सिनियर टिमका खेलाडीहरु मैले खेल्ने भन्दा निकै कडा र तीव्र रुपमा खेलिरहेका थिए। मलाई लाग्यो– मैले यहाँ खेल्न सक्छु कि सक्दिनँ।

तर त्यसपछि उनै पा मोडु काले भनेको कुरा म बिर्सिन सक्दिनँ। दोस्रो रोजाइँको क्लबमा हुँदा पनि उनका कुराहरु सुन्नु मेरा लागि राम्रो भइरहेको थियो। सिनियर टिममा नै पुगेपछि त अझ त्यसलाई मनन गर्नु मेरा लागि महत्वपूर्ण भयो। सिनियर टिममा निरन्तर अभ्यास गरिरहेँ। दिन बित्दै जाँदा बुझ्दै पनि गएँ। अभ्यासकै दौरान एकदिन टिम कप्तानलाई नराम्ररी छकाएर मैले बल बढाएँ, त्यो कला यस्तो थियो कि कसरी गरेँ म अहिले भन्न सक्दिनँ। त्यो देखेर टिमका अरु सबैको प्रतिक्रिया थियो– ओओओओओहो!

एडमोन्टनबाट आएको एउटा सानो केटोले आफ्नै कप्तानलाई लाजमर्दो बनाइदिएको थियो। उनको अनुहार हेर्न म उनको अगाडि गएँ। उनी असाध्यै निराश देखिएका थिए। बाँकी सबै त उत्साहमा कराइरहेका थिए। तर मलाई लाग्यो– अब यसले मलाई छाड्दैन। त्यो सिजनको बाँकी समय म उनको अगाडि नै परिनँ।

तर जे होस्, त्यस्तै घटनाहरुले म सिनियर टिममा खेल्न योग्य छु भन्ने छाप पारिरहेको थियो। नभन्दै २०१६ को जुलाइ १५ मा मैले सिनियर टिममा नै सम्झौता गरेँ। त्यसको भोलिपल्टै हाम्रो खेल थियो। सम्झौतामा हस्ताक्षर गरेको मसी पनि राम्ररी सुकिसकेको थिएन होला, प्रशिक्षकले भने– तिमी भोलि खेल्दै छौ। 

मलाई लाग्यो– लौ भोलि नै खेली पो हाल्ने?

भोलिपल्ट हामी ओर्लान्डो सिटीविरुद्ध २२ हजार समर्थक भएको बिसी प्लेसमा खेलिरहेका थियौँ। म बेन्चमा थिएँ। ओर्लान्डोले खेलमा अग्रता बनायो। त्यसपछि हामीले दुई गोल गरेर अग्रता बनाउँदै अघि बढ्यौँ। तर केही समयमा नै उनीहरुले गोल गरेर खेल २–२ मा पुग्यो। म अब के होला भन्ने सोचिरहेकै थिएँ, त्यतिमै प्रशिक्षकले भने– अल्फन्सो वार्म अप सुरु गर।

अरु तीन जना खेलाडीसँगै मैदान छेउमा ज्यान तन्काउने, थोरै थोरै दौडिने गरिरहेको थिएँ। प्रशिक्षकले फेरि भने– अल्फन्सो तिमी खेल्न जाँदै छौ। 

खेल्ने सुनेर म त ट्वाँ परेँ। मैले सोधेँ– साँच्चै?

जर्सी लगाएँ र तयार भएँ। खेलमा १४ मिनेट बाँकी थियो। मेरो जर्सी नम्बरमा लाइनमा देखियो। जुत्ताहरु मिलाएँ। असाध्यै डर लागिरहेको थियो। यस्तो बेला बल छुनै नपरे हुन्थ्यो जस्तो महसुस हुन्छ। यस्तो लाग्छ कसैले तिमीतिर बल पास नगरोस्। बल आफूसँग भएर गल्ती नहोस् भन्ने डर लागिरहन्छ। मैदानमा पसेको केहीबेरमा साथीले लामो पास फालेर बल मलाई नै दियो। विपक्षी स्ट्राइकर म भएतिर दौडिए। मैले केही सोच्न सकेकै थिइनँ। लाग्यो– त्यसले मलाई अब लडाउँछ।

खै कसरी कसरी मैले बलमा नियन्त्रण बनाएँ। बिस्तारै यताउति गरेँ र सट हानेँ। सट पोस्टमा दिशामा त थिएन तै पनि त्यस्तो बेला पहिलो पटक बलमा मैले कसरी सट नै हानेँ भन्ने लागिरह्यो। त्यस्तो समय प्राय खेलाडीहरु सजिलो पासहरु खेल्छन्। तर म सिधै बल प्रहारमा बढेको थिएँ। मैले जे गरेँ त्यो सजिलो त थिएन, त्यसले आत्मविश्वास खुब बढ्यो। डर हरायो।

त्यो पछि दिनहरु छिटो बित्यो। २०१७ मा त म सिनियर टिममा पहिलो रोजाइँकै खेलाडी थिएँ। जुन साल मैले एमएलएसमा आठ गोल गरेँ। ह्वाइटक्याप्स प्लेयर अफ दि इयर पनि बनेँ। त्यही खेलहरुमा राम्रो गरेकाले होला जर्मन क्लब बायर्न म्युनिकबाट बोलावट पनि आयो। जब तपाइँलाई बायर्न म्युनिकले चाहन्छ, ‘भो’ भन्न त कसरी सकिन्छ र?

२०१८ को नोभेम्बरमा ह्वाइटक्याप्स छाडेँ। ह्वाइटक्याप्समा जस्तो अवस्थामा आबद्ध भएको थिएँ, छाड्दा म एकदमै फरक खेलाडी बनिसकेको थिएँ। ममा लजाइरहने त्यही फुच्चे केटो थिएन। म कस्तो ठाउँमा जाँदै छु भन्ने मलाई थाहा थियो। मेरो खेल जीवनमा अब के हुँदै छ भन्ने मलाई अनुभूत थियो। अलिअलि डर पनि थियो। म माथिल्लो स्तरमा खेल्न सक्छु भन्ने देखाउनु पर्छ भन्ने लागिरहेको थियो। लामो बाटो तय गरेर बायर्नसम्म पुग्दा अनुहारमा हाँसो राखेर नै खेलिरहन सकुँ भन्ने पनि थियो।

बायर्नमा आएपछि मैले एक च्याम्पियन्स लिग, दुई बुन्डेस लिगा, दुई डिएफबी पोकल, एक डिएफएल सुपरकप र एक युइएफए सुपर कप जितिसकेँ। अँ, अनि उस्तै हाँसो मेरो अनुहारमा सधैँ छ।

जर्मनीमा मैले जति नै वर्ष बिताऔँ, मेरो लागि उत्तर अमेरिका नै सधैँ आफ्नो घर हो। अहिले पनि बेला बेला घर पुग्दा म असाध्यै रमाउँछु। यो वर्ष चीन भ्रमणमा जाने भन्ने सोच थियो तर कोरोना भाइरसले त्यो योजना तुहियो।

अब फुटबल जीवनमा अगाडि के हुन्छ भन्ने सोच पनि बेला बेला आइरहन्छ। सकेसम्म धेरै वर्ष जर्मनमा नै रहेर खेल्ने इच्छा छ। एक दिन फुटबल बुट छाडेर जब सन्यास लिनेछु तब प्रशिक्षकका रुपमा आउन मन छ। तर त्यसका लागि त धेरै, धेरै, धेरै नै वर्ष बाँकी छ। त्यसैले अगाडि के हुन्छ कसलाई के थाहा? प्रशिक्षकका रुपमा युरोपमा नै कतै वा क्यानडामा नै पो हुनेछु कि।

जे होस् यी पछि हुन सक्ने कुराहरु भए। म भर्खर १९ वर्षको न छु। त्यसैले खेल जीवनको अन्त्यका बारेमा धेरै सोच्न पनि चाहँदिनँ। म सानो छँदादेखि नै सपनाहरु धेरै देखेँ, अहिले बायर्नले त्यही सपनाहरु पूरा गर्न मद्धत गरिरहेको छ।

विश्वास गर्नुस् अगाडि अझ राम्रो दिनहरु आउँदै छ। यो सुरुवात मात्र हो।

(अल्फन्सो डेभियसले प्लेयर्स ट्रिब्यूनमा लेखेको यो खेल नेपाल लाइभका ऋग्वेद शर्माले अनुवाद गरेका हुन्।) 

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७  ११:५७
  • #Dasain_2077
  • #दसैं_२०७७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्