काठमाडौं– नेपाली कांग्रेस निकट प्रवासी संगठनको अधिवेशनमा भाग लिनका लागि कांग्रेसका तीन नेताहरु गगन थापा, गोविन्द भट्टराई र महेन्द्र यादव दक्षिण कोरिया जाने भएका छन्।
नेपाली जनसम्पर्क समितिको अधिवेसनका लागि नेतात्रय शुक्रबार कोरिया पुग्ने बताइएको छ। कार्यक्रम आइतबार हुने छ। कार्यक्रममा तीनै नेताले सम्बोधन गर्ने कार्यक्रम छ।
त्यस्तै, जनसम्पर्क समिति कोरियाको अधिवेसनमा सभापतिका लागि आस्था बिन्दु मल्ल र भजिन्द्र क्षेत्रीले उम्मेदवारी दिने भएका छन्। मल्ल जनसम्पर्क समितिका सल्लाहकार हुन् भने क्षेत्री उपसभापति हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।