काठमाडौं– पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ९६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यो सँगै नेपालमा ९९ हजार ६ सय ५ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ६८ दशमलभ ७ प्रतिशत रहेको छ।
आज मन्त्रालयका अनुसार २० हजार १ सय १८ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १३ लाख १४ हजार ७ सय ७९ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ४ हजार ६५ जना क्वारेन्टाइनमा छन्। नेपालमा ४४ हजार ४ सय ७६ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।
कुन प्रदेशमा कति डिस्चार्ज
प्रदेश १ – ८५५०
प्रदेश २– १५७९९
बाग्मती प्रदेशमा –४५८६२
गण्डकी प्रदेशमा –४९७१
लुम्बिनी प्रदेशमा –१२४२८
कर्णाली प्रदेशमा –३९८७
सुदूरपश्चिम प्रदेशमा ८००८
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।