• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २१, २०८२ Fri, Nov 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

चिसो मौसम सुरु हुँदैछ, स्वास्थ्यको कसरी ख्याल गर्ने?, यस्ता छन् उपाय

अनिल श्रेष्ठ बुधबार, कात्तिक ५, २०७७  ११:२९
1140x725

अब चिसो मौसम सुरु हुन्छ। जाडोयाम लागेसँगै यससँग सम्बन्धित रोगहरु पनि देखिन थाल्नेछन्। विषेशत: गर्मी समयभन्दा जाडोमा बालबालिका र वृद्धवृद्धालाई स्वास्थ्यमा बढी समस्या हुन्छ। चिसोबाट जोगिन सकियो भने  धेरै रोगबाट बच्न सकिन्छ।

चिसोमौसममा देखापर्ने प्रमुख स्वास्थ्य समस्या
हिउँले खानु

यो समस्या विशेषगरी हिउँ पर्ने ठाउँमा देखिन्छ। शरीरको कुनै पनि अंग धेरै लामो समयसम्म हिउँ वा चिसो पानीको सम्पर्कमा रहिरहे यो समस्या हुन सक्छ।यसमा शरीरका मूल भागबाट टाडा रहेका अङ्गहरु खासगरी हातखुट्टाका औला, अनुहार, नाक, कान आदि हिउँले खान सक्छ। त्यसैले शरीरलाई हिउँ वा चिसो वस्तुबाट जोगाउनु पर्छ। यदि हिउँले धेरै खाएमा उक्त ठाउँलाई चिरेर फाल्नुपर्ने अवस्था पनि आउन सक्छ।

हाइपोथर्मिया
हाइपोथर्मिया भन्नाले शरीरको भित्री तापक्रम ३५ डिग्री सेन्टिग्रेड (९५ डिग्री फरेनहाइट( भन्दा कम भएको अवस्थालाई बुझिन्छ। 

यसको लक्षण तापक्रमअनुसार फरकफरक हुनसक्छ। मन्द खालको हाइपोथर्मियामा जीउ काम्ने तथा दिमाग सुस्त भएर अलमल्ल पर्ने हुन्छ। मध्यम खालको हाइपोथर्मियामा कम्पन बन्द हुन्छ र दिमागको सुस्तता बढेर जान्छ। कडा खालको हाइपोथर्मिया भएपछि बिरामीले बेहोसीमा लगाइरहेको कपडा खोल्न पनि सक्छ र मुटुको धड्कन बन्द हुने खतरा बढेर जान्छ।यदि यसको समयमा नै उपचार वा रोक थाम गरिएन भने ज्यान जाने खतरासम्म रहन्छ।

आवश्यकता अनुसारको कपडा लगाएर हाइपोथर्मियाबाट बच्न सकिन्छ। ओसिलो वा सुख्खा हुँदा पनि शरीरको तापलाई जोगाएर न्यानो बनाउने हुनाले कटनका लुगाभन्दा सिन्थेटिक तथा उनबाट बनेका लुगाहरू उपयोगी हुन्छन्।

फ्लु
फ्लु इन्फ्लुएन्जा भाइरसबाट लाग्ने सरुवा रोग हो।यो ए, बी, सी र डी गरी ४ प्रकारका हुन्छन्। इन्फ्लुएन्जा डी खासगरी गाईवस्तुमा मात्र सीमित देखिएको छ भने सी एकदम सामान्य हुने र महामारीको रूप लिँदैन भन्ने मान्यता रहेको पाइन्छ। तर, ए र बी भने हरेक फ्लुको सिजनमा देखिने गरेको पाइन्छ।नेपालमा मनसुन सिजन र जाडो महिनाको सुरुवात र अन्ततिर बढी मात्रामा देखिने गरेको पाइन्छ।स्वाइन फ्लु, हङकङ फ्लु र बर्ड फ्लु फ्लुका उदाहरण हुन्।

संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा अर्को व्यक्तिमा संक्रमण हुन्छ। त्यस्तै, संक्रमित व्यक्तिले प्रयोग गरेको सरसामान अर्को व्यक्तिले प्रयोग गरेमा पनि सर्न सक्छ। भर्खरैको एक नयाँ अनुसन्धानले संक्रमित व्यक्तिले श्वासप्रश्वास मात्र गर्दा पनि फ्लु भाइरस सर्ने गरेको देखाएको छ।

फ्लु फैलिसकेको अवस्थामा सकेसम्म सार्वजनिक स्थलहरूमा नजाने, नाक, मुख, आँखामा बारम्बार हात नलाने, संक्रमित व्यक्तिसँग अभिवादन गर्दा हात नमिलाउने, घर फर्केपछि राम्रोसँग हात-मुख साबुन पानीले धुने गर्नुपर्छ। संक्रमित व्यक्तिले हाछ्युँ गर्दा मुख छोपेर मात्र गर्नुपर्छ। आफू संक्रमित भएको अवस्थामा घरबाहिर नजाने र घरमा बस्दा पनि सकेसम्म घरका अन्य सदस्यभन्दा अलग्गै बसेमा संक्रमण सर्ने सम्भावना कम रहन्छ।

Ncell 2
Ncell 2

रुघाखोकी
जाडोयाममा शरीरमा भाइरस बढी सक्रिय हुने भएकाले रुघाखोकी बढी लाग्छ। रुघाखोकी मात्रै होइन योसँगै एलर्जी पनि हुन्छ।

रुघाखोकीबाट बच्न बाटोमा हिँड्दा समेत धुलोबाट जोगिनेगरी मास्क लगाएर हिँड्नु पर्छ। 

साधारण खाले रुघा छ भने घरेलु उपायले नियन्त्रण गर्न सकिन्छ। भाइरलको संक्रमण फैलिएको बेलामा विद्यालय जाँदा र अन्यत्र हिँड्दा जोगिनु पर्छ। साधारण खाले रुघाखोकीलाई घरमै उपचार गर्न सकिन्छ। तर रुघाखोकीसँगै नाकबाट पहेंलो सिंगान आउने, नाक बेस्सरी बन्द हुने, घाँटीको समस्या आउने, कानमा पनि समस्या छ भने होसियारी अपनाउनुपर्छ। किनकी नाक, कान र घाँटीले एक आपसमा असर पारिरहेका हुन्छन्। बालबालिकाको हकमा त अझै ध्यान दिनुपर्छ।

श्वासप्रश्वाससम्बन्धी समस्या
दिनदिनै चिसो बढ्दै छ। चिसो बढ्दा सबैभन्दा बढी सास्ती रोगी, बुढाबूढी, बालबच्चा र सुत्केरीले झेल्नुपर्छ।

श्वासप्रश्वास सम्बन्धी रोग लाग्नुको मुख्य कारण वातावरण प्रदूषण, चुरोट-बिंडीको अधिकतम सेवन, चिसो जस्ता मुख्य कारण रहेको छ। साथै बढ्दो सवारी साधनको प्रयोगबाट निस्कने धुवाँ, धुलो तथा भूकम्पपछि भत्केका संरचनाहरुबाट निस्केका धुलोको कणहरु पनि अर्को कारण रहेको विज्ञहरुको भनाइ छ। श्वासप्रश्वास सम्बन्धी रोगहरु दम, ब्रोङकाइटिस, निमोनिया, सिओपिडी आदि हुन्।

यस्ता समस्याबाट बँच्न सम्भव भएसम्म धुलो, धुवाँ तथा प्रदूषणबाट टाढै बस्ने उचित हुन्छ। साथै धुँवा, धुलोमा सकभर नहिंड्न तथा हिंड्नै परेमा मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ।

मुटु सम्बन्धी समस्या
कोरोनरी आर्टरीभित्र रक्तप्रवाह अचानक बन्द भएमा हृदयघात हुन्छ। समयमै पुनः रक्तप्रवाह नभएमा उक्त कोरोनरी आर्टरीबाट रक्तसञ्चार हुने मुटुको मांसपेसी मरेर जान्छ। यस्तो भएमा असर परेको मुटुको उक्त भागले काम गर्न छाड्छ र मुटु सधैंका लागि कमजोर हुन जान्छ।

हृदयघात चिसो समयमा देखिने जटिल तथा प्राणघातक रोग हो। हार्डवर्ड मेडिकल स्कुलका अनुसार चिसोले रागतका नसा खुम्चने तथा साँघुरो हुने गर्छ जसले गर्दा हृदयाघातको जोखिमलाई बढाउँछ।

हृदयाघातबाट बच्न चिसोबाट बच्ने, तौल नियन्त्रण गर्ने, चिल्लो-बोसो भएको खानेकुरा नखाने, नियमित शरीरिक व्यायाम गर्नुपर्छ।

कार्वनमनोअक्साइड पोइजनिङ
यो जाडोयाममा मानिसको लापरबाहीले गर्दा देखिने समस्या हो। चिसोको कारण झ्यालढोका सबै बन्द पारेर आगो ताप्ने चलन छ। तर, कतैबाट हावा नै नछिर्ने गरी बन्द गरेर आगो वा हिटर ताप्दा कोठामा कार्बनडाइअक्साइड वा कार्बनमोनोअक्साइडको मात्रा बढ्न जान्छ र उक्त ग्याँस धेरै समयसम्म शरीरमा प्रवेश गर्दा विभिन्न प्रकारका समस्या देखिन सक्छन् वा मृत्यु नै पनि हुन सक्छ। 

जाडो याममा ग्याँस गिजरका कारण मृत्यु हुने घटना पनि यसैले गर्दा हो। त्यसैले आगो वा हिटरको प्रयोग गर्दा राम्रोसँग हावा वारपार हुने ठाउँमा बसेर मात्र गर्नु राम्रो हुन्छ।

जोर्नी दुखाइ
जाडो बढेसँगै कतिपयको जोर्नीको दुखाइ पनि बढ्न सुरु हुन्छ। चिसोको पारोसँगै दुखाइ पनि बढ्ने भएपछि बिरामीलाई चिसो समय नआइदिए हुन्थ्यो जस्तो लाग्छ।

बाहिरी तापमानमा उचावचढाव आएसँगै त्यसले मानिसको शरीरमा सिधै असर गर्छ। तापमानमा कमी आएका कारण जोर्नीहरूको नसा संकुचन हुन्छ र त्यस भागमा रगतको तापक्रम घट्छ। जसका कारण जोर्नीहरू कडा र पीडादायी हुन्छन्। 

चिकित्सकका अनुसार चिसो मौसममा हाम्रो मुटुको वरिपरि रगतको तापमान कायम गर्नु आवश्यक हुन्छ। तापमान सही नभए यसले शरीरका अन्य भागमा रगतको आपूर्ति घटाइदिन्छ। जब छाला चिसो हुन्छ तब दुखाइको असर बढी महसुस हुन्छ। मेडिकल भाषामा यसलाई 'आर्थराइटिस' भनिन्छ।

सुख्खा छाला
जाडो मौसम बढ्नु भनेको छालाका लागि सुख्खा यामको सुरुवात हुनु हो। छालाका लागि जाडो अनुकूल समय होइन। यस्तोमा बाहिरी वातावरण सुख्खा हुने भएकाले यसको सीधा असर छालामा पर्छ।

जब बाहिरी वातावरणको तापक्रम हाम्रो शरीरको भन्दा कम हुन्छ तब हाम्रो शरीरको ताप वातावरणले तान्न थाल्छ। यसले गर्दा हाम्रो शरीरबाट पानीको मात्रा कम भइरहेको हुन्छ र छाला सुख्खा हुन्छ। यस्तोमा सबैभन्दा बढी एक्सपोज हुने भागहरू जस्तोः अनुहार हात लगायतका भाग बढी सुख्खा हुन्छन्। 

जाडो याममा केही सावधानी अपनाउने हो भने छाला सुख्खा हुनबाट जोगाउन सकिन्छ। जाडो याम सुरु भएसँगै शरीर ढाक्ने कपडा लगाउनुपर्छ, खानपानमा विशेष ध्यान दिनुपर्छ। हरियो सागसब्जीका साथै प्रशस्त पानी पिउनाले सुख्खा छालाको समस्या समाधान हुन्छ। छालामा टाँसिने गरी सुती कपडाको प्रयोग गर्नुपर्छ। बढी सुख्खा भएमा मोइस्चराइजर क्रिम प्रयोग गर्न सकिन्छ।

नोरोभाइरस अर्थात् विन्टर डायरिया
नोरोभाइरस एक प्रकारको बान्ता गराउने भाइरस हो। खासगरी यो जाडो मौसममा देखिन्छ। जाडो महिनामा जति पनि झाडाबान्ताको प्रकोप हुन्छ त्यसको कारण नोरोभाइरस हो, जसले विन्टर डायरिया गराउँछ।

यसको बारेमा नेपालमा प्रयोगशाला जाँच नहुने भएकोले पनि नोरोभाइरसका बारेमा सर्वसाधारणदेखि नीति-निर्मातासम्ममा अन्योल देखिएको छ।

यो संक्रमित व्यक्तिसँग नजिकको संसर्गबाट (मानिसबाट मानिसमा छुँदा सर्ने) संक्रमित खानेकुरा उपभोग गर्दा, संक्रमित समान, वस्तु वा सतह छुँदा) सजिलै सर्ने गर्छ।

यसबाट बच्न खानेकुरा बनाउनुअघि राम्ररी हात धुने, संक्रमित व्यक्तिमा लक्षण देखिन छाडे पनि कम्तीमा पनि २ दिनसम्म काम वा विद्यालयमा नजाने, सकेसम्म एकअर्काले एउटै कपडा वा सामानको प्रयोग नगर्ने, राम्ररी पकाएको खानेकुरा मात्र खाने, संक्रमित व्यक्तिको बान्ता वा त्यो व्यक्ति शौचालय गएपछि राम्ररी हात नधोई भुइँ वा कुनै सतहमा छोएको भए त्यसलाई साबुन पानीले राम्ररी सफा गर्ने।

जाडोमा कसरी स्वस्थ रहने?
-    न्यानो कपडा लगाउनुपर्छ।टोपी, मफलर, पन्जा र मोजा लगाउन बिर्सनु हुँदैन। विशेषगरी बाहिर निस्कदा सचेत रहनुपर्छ।

-    बिहान पर्याप्त शारीरिक ब्यायाम गर्नुपर्छ।जाडोमा कम शारीरिक कसरत र बढी खाना खाइने हुनाले तौल बढ्ने सम्भावना हुन्छ। तौल नियन्त्रण गरी स्वस्थ रहनुपर्छ।  चिनीजन्य खाद्यपदार्थबाट जोगिनुपर्छ।पर्याप्त तातोपानी पिउन आवश्यक छ।  चिसो मौसममा हामी पानी कम पिउने गर्दछौं।जसले गर्दा अन्य स्वास्थ्य समस्या उत्पन्न हुनसक्छ।

चिसोमा सारुवा रोगबाट बच्न सरसफाइमा ध्यान दिनुपर्छ। नियमित साबुनपानीले हात धुने र शरीर फुर्तिलो राख्न बेलाबेलामा नुहाउनुपर्छ। चिसो पानी भन्दा मनतातो पानीले नुहाउनु राम्रो हुन्छ।यस्तै चिसोमा ओठ फुट्ने समस्याबाट बच्न लिपगार्ड लगाउनुपर्छ।

-    जाडोमा सबैभन्दा बढी श्वासप्रश्वाससम्बन्धी समस्या देखापर्छ। यस्तो बेलामा रुघाखोकीले ज्यादा सताउने गर्छ। हाच्छिउँ गर्दा नाकमुख छोपेको हात धुने, छुट्टै खालका रुमालहरू प्रयोग गर्नुपर्छ। संक्रमण भएको छ भने मास्क लगाएर हिंड्न आवश्यक छ।

-    मुटुका बिरामीहरुले जाडोमा बाधा पर्ने गरी शारीरिक काम गर्नु हुँदैन। बिहान-बेलुका बढी जाडो हुने भएकोले घरभित्रै बस्नुपर्छ।

-    स्वस्थ खानपानमा ध्यान दिन आवश्यक छ। फलफूल तथा तरकारी, भिटामिन सी, जिन्कजस्ता तत्व भएको खानेकुरा पर्याप्त मात्रामा खाएमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ।

-    शरीर ढाक्ने तातो प्रकृतिका कपडाहरु लगाउनुपर्छ। साथै छालाको सुरक्षामा ध्यान दिन आवश्यक छ।चिसोले छालालाई सोसेर सुख्खा बनाइदिन्छ।

-    कम्तीमा ६ घण्टा सुत्नुपर्छ। नत्र शरीरलाई रोगले सजिलै आक्रमण गर्ने सम्भावना हुन्छ।

-    जाडोको समयमा जाडो भुल्न धूमपान तथा मध्यपान गर्ने चलन छ। यी पक्षले कुनै पनि हालतमा शरीरलाई फाइदा नहुने भएकाले यस्ता कुलत तत्काल छोड्नु राम्रो हुन्छ। स्मोकिङले फोक्सो बिगार्ने र मदिराले कलेजो लगायतका अंगलाई बिगार्ने काम गर्छ।

-    जाडोका कारण झ्याल ढोका थुन्ने अनि कोठाभित्र आगो बालेर बस्ने चलन सबैतिर छ। त्यसले कार्वनमोनोअक्साइड कोठाभरि फैलिंदा भारी भएजस्तो हुने, टाउको दुख्ने, निसास्सिएजस्तो महसुस हुने, श्वास फेर्न गाह्रो हुने र मानिस बेहोस भई मृत्यु हुनसक्ने जोखिम पनि हुन्छ।

(लेखक सशस्त्र प्रहरी बलका हेल्थ असिस्टेन्ट हुन्)

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  ११:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
दलका नेताहरुको मुखसमेत हेर्न नचाहने प्रधानमन्त्रीले तोकिएको समयमा निर्वाचन गर्नेमा आशंका छ : ओली
राष्ट्रपति पौडेल स्वदेश फिर्ता
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश
सम्बन्धित सामग्री
फ्याटी लिभर के हो? कलेजो शरीरको प्रमुख अंग हो जसले विषाक्त पदार्थ हटाउने, पाचनमा सहयोग गर्ने, रक्त शुद्ध गर्ने, भिटामिन तथा खनिज सन्तुलन गर्ने काम गर्द... सोमबार, असोज २७, २०८२
पोषणविद्को सुझावः दसैं भन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ सबैको घरमा यतिबेला मांसाहारी, शाकाहारी परिकारमात्रै होइन, मिठाई, रोटीसमेत पाक्ने गर्छ। तर के दशैंमा टन्न खानैपर्छ? सोमबार, असोज १३, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
ताजा समाचारसबै
दलका नेताहरुको मुखसमेत हेर्न नचाहने प्रधानमन्त्रीले तोकिएको समयमा निर्वाचन गर्नेमा आशंका छ : ओली बिहीबार, कात्तिक २०, २०८२
राष्ट्रपति पौडेल स्वदेश फिर्ता बिहीबार, कात्तिक २०, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
पृथ्वी सुब्बा गुरुङको प्रश्न- जेनजीको नाममा कसैले भन्दैमा एमाले नेतृत्वबाट ओलीलाई किन हटाउने ? बिहीबार, कात्तिक २०, २०८२
सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै विप्लव समूहको प्रदर्शन बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जाँचबुझ आयोगमाथि सर्वोच्चको गम्भीर प्रश्न: पूर्वाग्रहबारे लिखित जवाफ माग बुधबार, कात्तिक १९, २०८२
भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा सभा जारी, झलनाथ खनाल पनि सहभागी बुधबार, कात्तिक १९, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
आज माओवादी केन्द्र र एकीकृत समाजवादीसहित ९ पार्टीबिच एकता घोषणा  हुँदै बुधबार, कात्तिक १९, २०८२
रामकुमारी झाँक्रीले आज पत्रकार सम्मेलन गर्दै बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पेट्राेलकाे मूल्य बढ्याे शुक्रबार, कात्तिक १४, २०८२
ओली र लेखकलाई तोकिएको स्थानहदविरुद्ध सर्वोच्चले दिएन अन्तरिम आदेश शुक्रबार, कात्तिक १४, २०८२
दाहाल संयोजक र नेपाल सहसंयोजक हुने गरी माओवादी र नेकपा एससहित आठ दलबीच एकता आइतबार, कात्तिक १६, २०८२
त्रिपक्षीय बैठकमा मिरजको सात बुँदे सर्त : जिल्ला समन्वय समिति खारेजदेखि जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणासम्म बिहीबार, कात्तिक १३, २०८२
डीआईजीमा पाँच जना बढुवा : अख्तियारमा खनाल, सीआईबीमा खत्री सोमबार, कात्तिक १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्