काठमाडौं–संसदीय सुनुवाइ समितिले प्रस्तावित तीन राजदूतविरुद्धका उजुरीकर्ताहरुलाई कात्तिक १७ गते बस्ने समितिको बैठकमा उपस्थित हुन सूचना जारी गरेको छ । उजुरीकर्ताको सम्पर्क ठेगाना नभएकाले उनीहरुलाई सम्पर्क नसकिएको उल्लेख गर्दै समितिले कात्तिक १७ गते बिहान ११ बजे बस्ने समितिको बैठकमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको हो।
प्रस्तावित राजदूतहरु अमेरिकाका युवराज खतिवडा, बेलायतका लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका निर्मलकुमार विश्वकर्माविरुद्ध चार उजुरी परेका छन्। उजुरीका लागि कात्तिक १ गतेसम्म समय दिइएकोमा उक्त अवधिभित्र चार उजुरी परेका हुन्। तर उजुरीकर्ताको नाम भने उल्लेख थिएन।
प्रस्तावित राजदूत खतिवडाविरुद्ध तीनवटा उजुरी परेको छन्। समितिले प्रस्तावित राजदूतहरुविरुद्ध परेका उजुरी सोमबार खोल्दा उनीविरुद्ध तीन उजुरी परेको पाइएका हुन्।
यस्तै रेग्मीविरुद्ध भने एक उजुरी परेको समितिले जानकारी दिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।