काठमाडौं- मन्त्रिपरिषद् बैठकले नेपाल ट्रष्ट सञ्चालक समितिको सदस्यमा नन्दबहादुर रोकाया (नरेश)लाई नियुक्त गर्ने निर्णय गरेको छ। गौमुल-३, बाजुराका रोकायालाई असोज २६ गतेको मन्त्रिपरषद् बैठकले सञ्चालक समिति सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो। रोकाया नेकपानिकट अनेरास्ववियुका केन्द्रीय सदस्य हुन्।
यस्तै श्रम अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश रामप्रसाद ओलीलाई जिम्मेवारी दिइएकाे छ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पार्वत गुरुङले श्रम अदालतमा न्यायाधीश ताेकिएकाे जानकारी गराएका हुन्।
श्रमसम्बन्धी मुद्दा हेर्ने सो अदालको सदस्यमा प्रेमकुमार राई र निशा बानियाँ तोकिएका छन्।
असोज २६ का निर्णयहरू
असोज २९ का निर्णयहरू
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।