काठमाडौं- पछिल्लो २४ घण्टामा थप २ हजार ३३५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ। यो कुल संक्रमितको ६९.५ प्रतिशत हो।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७९० जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ।
हाल देशभर ४० हजार ७७८ जना सक्रिय संक्रमित छन्। आज १३ हजार ८५१ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।
हालसम्म १३ लाख ९१८ जनाको पिसिआर परीक्षण भएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३८८ जना कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंमा २००८ जना, भक्तपुरमा ९९ र ललितपुरमा २८१ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ४७० छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।