फोटो- केशव झा
काठमाडौं- जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु भएको छ। सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक केही बेरअघि सुरु भएको हो। बैठक भोलि पनि बस्ने छ।
बैठकमा विधान संशोधन, नियमावली निर्माण, केन्द्रीय समितिको विस्तार तथा कार्यविभाजन, कार्यकारिणी समिति सदस्यको कार्यविभाजन, संघीय परिषद्को गठन, समायोजन लगायतका एजेन्डा रहेका नेता झाले बताए।
जसपाको केन्द्रीय समितिको आकार ८ सय १ हुने र संघीय परिषद् १ हजार २ सय १ हुने तय भएको छ।
जसपाको यो दोस्रो केन्द्रीय कार्यकारिणी समितिकाे बैठक हो। यसअघि गत साउन २१ देखि २४ गतेसम्म पहिलो बैठक बसेको थियो। त्यतिबेला बैठक बसेको बालकुमारीस्थित तुलसीलाल प्रतिष्ठानमै यो बैठक पनि बस्ने बताइएको छ।
गत बैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता भएर जनता समाजवादी गठन भएको थियो। एकता भए पनि समायोजजन र कार्यविभाजन लगायतका काम सकिएको छैन।
जसपाको केन्द्रीय कार्यकारिणी समितिमा ५१ जना सदस्य रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।