काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवमी,दशमी र एकादशीका दिन लक्षणरहित व्यक्तिको कोरोना पिसिआर परीक्षण नहुने जनाएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यी दिनबाहेक अन्य समयमा पूर्ण रुपमा कोरोना परीक्षण हुने निर्णय गरेको जानकारी दिएका हुन्।
तर यी तीन दिनमा ती प्रयोगशालाले चापअनुसार काम गर्ने, गराउने व्यवस्था मिलाउन निर्देशन दिने निर्णय भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।