काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचार हुने अस्पतालको फार्मेसीबाटै रेम्डिसिभिर औषधि बिक्री वितरण हुने जनाएको छ।
मन्त्रालयले आयोजना गरेको कोरोनाको दैनिक ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिडको रुपमा सूचीकृत अस्पतालहरुको फार्मेसीबाट रेम्डिसिभिर औषधि बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको जानकारी दिए।
कोरोना भाइरसको उपचारका लागि नेपालमा क्लिनिकल ट्रायलका रुपमा रेम्डिसिभिर औषधि प्रयोगमा ल्याइएको छ। यसअघि मन्त्रालयले रेम्डिसिभिर औषधि आयातका लागि नेपालका दुई र भारतको एक कम्पनीलाई आयात तथा बिक्री वितरणका लागि अनुमति दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।