काठमाडौं- पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन्। खनालले शुक्रबार साँझ एक ट्विट गर्दै आफू डिस्चार्ज भएको जानकारी दिएका हुन्।
हाल उनको अवस्था सामान्य रहेको समेत बताइएको छ। श्वासप्रश्वासमा समस्या भएपछि असोज २८ गते नेता खनाल ह्याम्स अस्पतालमा भर्ना भएका थिए। चिकित्सकहरूले उनको फोक्सोमा पानी जमेको बताएका थिए।
‘म रक्तचाप बढ्न गई ह्याम्स अस्पतालमा भर्ना भएको थिएँ। राम्रो उपचार पछि मेरो स्वास्थ्य सामान्य रहेको र आज अस्पतालबाट डिस्चार्ज भएको छु। मेरो स्वास्थ्य उपचारमा खटिनु भएका स्वास्थ्यकर्मी टिमप्रति आभार व्यक्त गर्दछु,’ खनालले ट्विटमा लेखेका छन्।
उनले शुभेच्छुकहरूप्रति पनि आभार व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।