• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोना संक्रमितको उपचार गर्ने दायित्वबाट पन्छिँदै सरकार!

कल्पना पौडेल बिहीबार, असोज २९, २०७७  १७:४४
1140x725

काठमाडौं- संविधानमा मौलिक हकका रूपमा उल्लेखित नागरिकलाई स्वास्थ्य सेवाको 'ग्यारेन्टी' गर्ने जिम्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हो। कोरोना संक्रमण तीव्र रूपमा बढेसँगै मन्त्रालय भने मौलिक हकका रूपमा रहेको उपचार सेवा प्राप्त गर्ने अधिकार प्रत्याभूति गर्ने दायित्वबाट पन्छिने उपाय खोजिरहेको देखिन थालेको छ।

सबै सरकारी अस्पतालाई कोभिड अस्पताल बनाउने, होटलमा आइसोलेसन बनाउने, बिमा गरेका व्यक्तिको कोरोना परीक्षण शुल्क बिमा रकमबाट उठाउनेजस्ता निर्णयले संक्रमितको उपचार गर्ने र कोरोना नियन्त्रण गर्ने दायित्वबाट पछि हटेको भन्दै विज्ञहरूले चिन्ता प्रकट गर्न थालेका छन्। 

जनस्वास्थ्य विज्ञहरुले सबै अस्पताललाई कोभिड अस्पताललाई  बनाउनुभन्दा कोभिड डेडिकेटेट अस्पताल बनाएर उपचार गर्न पर्नेमा जोड दिँदै आएका हुन्। नेपालमा कोरोना संक्रमण सुरु भएको केही दिनमा नै विज्ञहरूले तत्काल कोरोना डेडिकेटेड अस्तपाल बनाउन सुझाव दिएका थिए। तर विज्ञको सुझाव विपरीत सरकारले कदम चाल्दै आएको भन्दै सरकारको आलोचना पनि हुने गरेको छ।  

पछिल्लो समय होम आइसोलेसनमा बसेका संक्रमतिको स्वास्थ्यमा समस्या आउने तर सरकारले 'बेहोस भएपछि मात्र वा बेहोस हुने अवस्था भए मात्र अस्पताल आउनू' भनेकाले झन् समस्या निम्त्याएको विज्ञहरूको ठहर छ। 

स्वास्थ्य क्षमता विस्तार गरी गुणस्तरीय सेवाको पहुँच व्यापक विस्तार गर्नुपर्ने बेला सरकारले भने विभिन्न विषय निकालेर ध्यान अन्यन्त्रै मोडिएको संकेत गरेको मन्त्रालयकै अधिकारीहरू पनि स्वीकार गर्छन्। नागरिलाई स्वास्थ्य सेवा प्रवाह गर्ने दायित्वबाट मन्त्रालय विस्तारै पन्छिन खोजेजस्तो व्यवहार देखाउन थालेकोमा ती कर्मचारीले समेत असन्तुष्टि व्यक्त गरे।

‘यो समयमा अस्पतालको जनशक्ति, औषधि र अक्सिजन व्यवस्थापन गर्ने बेला हो। अस्पताललाई नै सक्षम बनाउने बेला होटल ओइसोलनको कुरा गर्नु उपचारबाट पन्छिने कुरा हो,’ मन्त्रालयका उच्चपदस्थ ती कर्मचारीले भने। 

काठमाडौं उपत्यकाका सबै अस्पताललाई मन्त्रालयले व्यवस्थापन गर्न सक्ने हो भने होटलमा आइसोलसन राख्नपर्ने अवस्था नै नभएको उनको भनाइ छ। ‘मन्त्रालयले  मेडिकल कलेज, निजी अस्पताल, विभिन्न सहकारी स्वास्थ्य संस्था, विभिन्न विधाका अस्पतालहरुमा कोभिड आइसोलेसन बनाई जनशक्ति, औषधि र अक्सिजनको व्यवस्थापन गर्ने हो भने अहिले पनि सकिन्छ,’ उनले भने। 

स्वास्थ्य मन्त्रालयकै तथ्यांकअनुसार  काठमाडौं उपत्यकामा ५० भन्दा कम बेड क्षमताका करिब सय वटा स्वास्थ्य संस्था छन्। ५० भन्दा बढी बेड क्षमता भएका अस्पतालको संख्या पनि करिब एक सयभन्दा बढी नै छ। ती सबै अस्पतालमा जनशक्ति, औषधि र अक्सिजनको व्यवस्थापन गर्नेबारे सरकारले कुनै सोच अघि सारेको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

ती बाहेक पनि विश्वविद्यालयले चलाएका ठूला मेडिकल कलेज पनि छन्। यो बेला किस्ट, नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेजलागयत अन्य अस्पताल पनि प्रयोग गर्न विज्ञहरूले सुझाएका छन्। डेन्टल, आँखा अस्पताल, विभिन्न आयुर्वेद तथा वैकल्पिक चिकित्साका स्वास्थ्य संस्थालाई समेत प्रयोग गर्न सकिने उनीहरूको भनाइ छ। निर्माणधीन अस्तपाल पनि यस्तो बेला प्रयोग गर्नबारे सोच्न सरकारलाई उनीहरूले सुझाएका छन्। सरकारले अझ पनि चासो दिएर काम गरे ठूलो जोखिम न्यूनीकरण गर्न सकिने उनीहरूको भनाइ छ। 

क्रिटिकल केयरमा लामो अनुभव सम्हालेका एक जना चिकित्सक भन्छन्, ‘यतिबेला धेरै चिकित्सक खाली छन्, उनीहरुलाई सुरक्षित भएर क्रिटिकल केयरको छोटो तालिम दिएर केही समयमा लागि प्रयोग गर्न सकिन्छ। कति नर्स, पारामेडिक्ससमेत खाली छन्। उनीहरुलाई पनि काममा लगाउन सकिन्छ।’

निजी स्वास्थ्य संस्थामा काम गर्ने जनशक्तिलाई पनि संकटका बेला काममा लगाउन सक्ने भएपनि सरकारको सोच दायित्वबाट पन्छिने देखिएको उनको भनाइ छ। उपत्यकामा यसरी काम भयो भने बाहिर जिल्ला जिल्लामा पनि यसरी नै व्यवस्थापन गर्न सहज हुने उनको तर्क छ। तर यो विषयमा पनि सरकारले कुनै सोच अघि सारेको छैन।

‘यो समयमा अक्सिजन, आवश्यक औषधिहरु सरकारले जति सक्दो छिटो व्यवस्थापन गर्न र ती स्वास्थ्य संस्थालाई  प्रयोग गरी काम गर्ने हो भने अहिले भनिएको जस्तो जटिल अवस्था छैन,' उनले भने, ‘मन्त्रालयले अब उपचार गर्न सकिन्न भनेर जनतालाई त्रासमा राख्न मिल्दैन। व्यवस्थापनमा कमजोरी भइरहेको छ।’

Xtrem

Xtrem

होटलमा संक्रमितलाई राख्दा उपचार, स्वास्थ्यकर्मीको निगरानी हुन नपाउने र स्वस्थ्य व्यक्तिमा पनि सर्ने सम्भावना हुने भन्दै सरकारले निर्णय फिर्ता लिनुपर्ने विज्ञहरूको भनाइ छ। 

अबको समय कोरोना संक्रमितका लागि उपचारको समय भएको अर्का एक जना जनस्वास्थ्य विज्ञले उल्लेख गरे। 'अब होटल आइसोलेसनभन्दा अस्पतालमा उपचार व्यवस्थापन चुस्त बनाउनु भएको भन्दै आइसियू र भेन्टिलेटरको व्यवस्थापन र जनशक्ति परिचालन तथा व्यवस्थापनमा जोड दिने समय हो,' उनले भने। 

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेकै अवस्था जारी रहे मंसिरको मध्यतिर संक्रमितको संख्या १ लाख ९० हजार पुग्ने अनुमान गरिएको छ। बिहीबारसम्म नेपालमा संक्रमितको संख्या एक लाख १७ हजार ९९६ पुगेको छ। जसमध्ये ३६ हजार ३६७ जना सक्रिय संक्रमित छन्। हालसम्म ६७५ जना संक्रमितको ज्यान गएको छ। यस्तै ७० जना भेन्टिलेटर र ३०५ जना संक्रमित आइसियूमा उपचाररत छन्।

प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  १७:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्