काठमाडौं– प्रहरीलाई घुस दिने एक चालक पक्राउ परेका छन्। बुधबार बिहान बलम्बुमा प्रहरीले लु १ ख ९४६९ नम्बरका बसका चालक रुपन्देहीका अनिल खड्गीलाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रहरी हवल्दार सनिचर ठाकुरको कमाण्डमा खटिएको प्रहरीले खड्गीले चलाएको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा उनले प्रहरीलाई एक सय रुपैयाँ घुस दिएका थिए। घुससहित पक्राउ गरी महानगरीय प्रहरी वृत्त थानकोटमा पठाइएको बलम्बु प्रभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।