काठमाडौं– बैदेशिक रोजगारीमा लगाउने भन्दै युवतीलाई ओमान पुर्याएर बिक्री गर्ने व्यत्तिः पक्राउ परेका छन्। ताप्लेजुङका पेम्बा शेर्पालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले बुधबार पक्राउ गरेको हो।
उनले एक युवतीलाई भारत हुँदै ओमान पुर्याएका थिए। रामचन्द्र सुवेदीको सहयोगमा १६ सय ओमनी रियालमा बिक्रि गरेका थिए। त्यहाँ शोषण भएपछि युवतीको उद्धार भएको थियो। नेपाल फर्किएपछि युवतीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गराएकी थिइन्। फरार रहेका शेर्पालाई सिआईबीले पिङगलास्थानबाट पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।