काठमाडौं– राष्ट्रियसभाका नवनियुक्त सचिव राजेन्द्र फुयाँल र प्रतिनिधिसभाका नवनियुक्त सचिव गोपालनाथ योगीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।
बुधबार संसद् सचिवालयमा एक समारोहका बीच राष्ट्रियसभाका सचिव फुयाँललाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सपथ ग्रहण गराएका हुन्। त्यसैगरी, प्रतिनिधिसभामा निवनियुक्त सचिव योगीलाई सभामुख कृष्णबहादुर महराले सपथ ग्रहण गराए।
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फुयाँललाई सचिवमा नियुक्ति गरेकी हुन्। सभामुख महराको सिफारिसमा योगीलाई प्रतिनिधिसभाको सचिवमा राष्ट्रपतिले नियुक्ति गरिकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।