काठमाडौं- देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। बुधबार ३६ हजार ३ सय ६७ जना सक्रिय संक्रमित छन्। यीमध्ये ५९.२५ प्रतिशत अर्थात् २१ हजार ५ सय ४८ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै बागमती प्रदेशमा १४ हजार १५ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा २ हजार ७ सय ९५, प्रदेश २ मा ५ सय ७२, लुम्बिनी प्रदेशमा २ हजार ९७, सुदूरपश्चिम प्रदेशमा ६ सय २९, गण्डकी प्रदेशमा ८४२ र कर्णाली प्रदेशमा ५९८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
देशमा कुल संक्रमितमध्ये ६८.६ प्रतिशत निको भएका छन्। नेपालमा हालसम्म १ लाख १७ हजार ९९६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।