काठमाडौं– देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियूमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ७५ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार ७० जना भेन्टिलेटरमा र ३०५ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन् ।
आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १६६ जना आइसियू र ५७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५३ जना आइसियू र २ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३९ जना आइसियू र ८ जना भेन्टिलेटरमा र प्रदेश २ मा १९ आइसियूमा र १ जना भेन्टिलेछरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै सुदुरपश्चिममा ४ आइसियू र ३ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १८ आइसियूमा उपचाररत रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।