काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४०३ जना संक्रमित भेटिएका छन्।
काठमाडौंमा ९४६ जना, भक्तपुरमा १०२ र ललितपुरमा ३०५ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ६३८ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख १७ हजार ९९६ जना पुगेको छ।
हाल देशभर ३६ हजार ३६७ जना सक्रिय संक्रमित छन्। आज १४ हजार ८१९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी २१ हजार ५४८ जना होम आइसोलेसनमा छन्।
देशमा कुल संक्रमितमध्ये ६८.६ प्रतिशत निको भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।