काठमाडौं- कोरोना भाइरसको संक्रमण दर बढ्दै गएको उपत्यकामा काठमाडौं महानगरपालिकाले कन्ट्याक ट्रेसिङमा परेकाहरुको स्वाब संकलनलाई तीव्रता दिएको बताएको छ।
महानगरपालिकाले सहरी स्वास्थ्य महाशाखासँगको समन्वयमा संक्रमितको ट्रेसिङमा परेका व्यक्तिहरुको खोजी गरी स्वाव संकलन गरिरहेको बताएको हो।
संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको खोजी गरी महानगरका सम्पूर्ण वडाहरुले आफ्नो क्षेत्रभित्र पर्ने स्थानमा स्वाव संकलन गरिरहेका महानगरले जनाएको छ। एक स्थानमा कम्तीमा २ सय जना ट्रेसिङमा परेका व्यक्तिहरुको स्वाव संकलन भइरहेको वडा नम्बर १७ वडासचिव राजेश श्रेष्ठले बताए। परीक्षण रिपोर्ट पोजेटिभ आएका व्यक्तिहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु पनि वितरण गरिरहेको उनको भनाइ छ।
'सहरी स्वास्थ्य महाशाखाका हेल्थ असिसटेन्ट तथा स्वाब कलेक्सन टिमका संयोजक ऋषि भुसालले महानगरपालिकाले स्वाब संकलनको कामलाई तीव्रता दिएको बताए। 'सहरी स्वास्थ्य महाशाखासँग मिलेर स्वाब संकलनको काम गरिरहेका छौँ,' उनले भने।
सरकारी प्रोटोकलअनुसार १४ दिनमा सामान्यतया कोरोना निको भएको मानिने भएपनि कतिपय व्यक्तिहरुले दोहोर्याएर परीक्षण गर्दा कति लक्षण नदेखिए कति पटकसम्म परीक्षण गर्ने भन्ने कुरा चुनौतीका रुपमा रहेको उनले बताए।
अहिले देशभर नै कोरोना संक्रमितको संख्या बढिरहेको छ। काठमाडौं लगायतका उपत्यकाका तीन वटै जिल्लाहरुमा संक्रमणको दर देशका अन्य क्षेत्रभन्दा बढी छ।
सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्य सुरुक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्न अनुरोध गरिहेको छ। भिडभाड भएको ठाउँमा नन, भौतिक दुरी कायम गर्न, अनिवार्य रुपमा मास्क लगाएमा र बिना काम घर बाहिर ननिस्किन सरकारको आग्रह छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।