• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कानुनको धज्जी उडाउँदै आंशिक प्राध्यापकलाई अन्याय गरिरहेको त्रिवि

सरोजराज पन्त  बिहीबार, असोज २९, २०७७  १०:२८
1140x725

आंशिक प्राध्यापकको समस्या समाधान गर्ने भन्दै त्रिभुवन विश्वविद्यालयले ‘अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७७’ ल्यायो र नेपाललाइभमा मैले यसबारे लेखेको पनि थिएँ।

मंगलबार आंशिक प्राध्यापकबारे समाचार छापियो। त्रिविले हामीलाई आन्दोलन स्थगित गर्न भनेको छ। तर त्यही समाचारमा त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले निर्देशिकाअनुसार नै जाने र लामो समय पढाएकालाई शिक्षण सहायकसरह र अन्यलाई मासिक ज्याला दिने माग पूरा हुन नसक्ने बताउनु भएको छ। 

उहाँले किन यस्तो भनिरहनु भएको छ, मैले बुझेको छैन।  जुन पाराले निर्देशिका ल्याइयो यो एकपक्षीय छ। आंशिक प्राध्यापकलाई नजरअन्दाज गर्ने कि आवश्यकताको सिद्धान्तको आधारमा नियुक्त भई जीवनको ऊर्जाशील समय विश्वविद्यालयलाई समर्पित गरिसकेका आंशिक प्राध्यापकहरुलाई सेवा सुरक्षाको प्रत्याभूति प्रदान गर्ने, यो त्रिविको हातमा छ ।

त्यसैले यो आलेखमा त्रिविले सुधार्नुपर्ने कुरा र त्रिविले आंशिक प्राध्यापकको सवालमा कसरी कानुनको धज्जी उडाएको छ भन्ने बारे व्याख्या गर्नेछु । 

निर्देशिकाको परिच्छेद ५मा थप्नुपर्ने कुरा 
यसरी छनोट भएका आंशिक शिक्षकमध्ये न्युनतम साप्ताहिक १८ पिरियड लिने आंशिक शिक्षकलाई शिक्षण सहायकसरह सेवा सुविधा प्रदान गर्नु पर्ने । अर्काे रातो किताब अनुसार उपप्राध्यापकका लागि विज्ञापन गर्दा बुँदा छ र ज बमोजिम कार्यरत  त्रिवि सेवा आयोगका लागि उमेरको हद नलाग्ने, नियमित सेवावापत वर्षको १ अंक दिनु पर्ने र यस्ता शिक्षकहरुलाई ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धा गराउनु पर्ने। यस्तो अवसर प्राप्त गरेका शिक्षकहरुले ३ पटक सम्ममा पनि सफलता हासिल गर्न नसकेमा गोल्डेन ह्याण्डसेक दिई बिदा गर्नु पर्ने। 

कुनै विषयमा १० जनाभन्दा कम विद्यार्थी भएका दुर्गम क्याम्पसहरुमा पनि कक्षा सन्चालन हुनु पर्ने र विद्यार्थीहरुको अधिकारलाई कुण्ठित गरी सिफ्टमर्ज गर्न नहुने।

पारिश्रमिकको सन्दर्भमा क्रेडिट प्रणाली अनुसार प्रतिक्रेडिट रु. १५ हजारका दरले र वार्षिकी प्रणाली अनुसार ५ सयका दरले १ सय ५० घण्टा पूरा भएपछि एकमुष्ठ वा सम्झौताबमोजिम पारिश्रमिक पाउने शिक्षकहरुको हकमा अतिरिक्त कर १५ प्रतिशत हटाई नियमित करमा लैजानु पर्ने ।

त्रिविले यसरी कानुनको धज्जी उडाएको छ 
त्रिभुवन विशवविद्यालय बौद्धिक थलो हो। अन्य स्थानमा कानुनको पालना भएन भने यहाँको प्राध्यापक, विद्यार्थीले बाटो देखाउन र प्रश्न उठाउन सक्छन्। तर यही संस्थामा लामो समय पढाएका आंशिक प्राध्यापकलाई अन्याय गरिएको छ। पढाइरहेका आंशिक प्राध्यापकलाई निर्देशिका ल्याएर अन्याय गर्नुभन्दा पहिले त्रिविले कानुनको धज्जी उडाएको छ ।  

Ncell 2
Ncell 2
nimb
nimb

नेपालको संविधान २०७२ को भाग–३ धारा ३४ मा ‘मौलिक हक र कर्तव्यअन्तर्गत श्रमको हक : (१)मा  प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक हुनेछ । यस धाराको प्रयोजनका लागि “श्रमिक” भन्नाले पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा वौद्धिक कार्य गर्ने कामदार वा मजदूर सम्झनु पर्छ र (२)मा प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुनेछ’, भनिएको छ, तर यो पनि हाम्रा लागि कार्यान्वयन भएन। 

यसैगरी श्रम ऐन, २०७४ छ। यसको परिच्छेद २ अन्तर्गत श्रमिकसम्बन्धी आधारभूत व्यवस्थामा न्यूनतम मापदण्डको रुपमा  (१) यो ऐन श्रमिक र श्रमिकसँग सम्बन्धित विषयमा न्यूनतम मापदण्डको रुपमा रहनेछ । २) यो ऐन तथा यस ऐनअन्तर्गत बनेको नियममा उल्लिखित पारिश्रमिक वा सुविधाभन्दा कम पारिश्रमिक वा सुविधा लिने दिने गरी वा यस ऐनमा उल्लिखित शर्तविपरीत हुने गरी रोजगारदाता तथा श्रमिकबीच रोजगार सम्झौता भएको रहेछ भने त्यस्तो रोजगार सम्झौता यो ऐनविपरीत भएको मानिनेछ र सो हदसम्म त्यस्तो रोजगार सम्झौेता बदर हुनेछ, भनिएको छ। ऐनमा यस्तो व्यवस्था भए पनि १४ वर्षदेखि दैनिक ८ पिरियड पढाउँदा पनि ‘समान कामका लागि पारिश्रमिकमा भेदभाव गर्न नहुने’ व्यवस्था हाम्रा लागि कार्यान्वयन भएन। 

यसैगरी श्रम ऐनको परिच्छेद ५ मा आंशिक समय काम गर्ने श्रमिकसम्बन्धी व्यवस्थाअन्र्तगत ‘(१) रोजगारदाताले श्रमिकलाई आंशिक समयका लागि काममा लगाउन सक्नेछ। तर पूरा समय काम गर्ने श्रमिकलाई निजको मञ्जुरीविना आंशिक समय काममा लगाउन पाइनेछैन’, भनिएको छ तर पूर्णकालीनले भन्दा ३ गुणा बढी कक्षाभार लिएर हामीलाई पूर्णकालीन सेवामा प्रवेश गराउन वर्षौदेखि माग गरिरहँदा पनि यो व्यवस्था हाम्रा लागि कार्यान्वयन भएन।

यस्तै श्रम ऐनको दफा (३)को उपदफा (२) बमोजिम आंशिक समय काम गर्ने श्रमिकको पारिश्रमिक निर्धारण गर्दा समान प्रकृतिको काममा समान तहमा पूरा समय काम गर्ने श्रमिकको कम्तीमा मासिक पारिश्रमिकलाई आधार लिई निर्धारण गर्नु पर्नेछ भन्ने व्यवस्था छ। तर पनि १४ वर्ष काम गरेका श्रमिकलाई यो ऐन कार्यान्वयन भएन र अहिलेसम्म मासिक ज्याला पनि दिइएको छैन।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसैगरी उपदफा (२) बमोजिम पाउने पारिश्रमिकको डेढी पारिश्रमिक दिनु पर्नेछ भन्ने कुरालाई पनि त्रिविले टेरेन। यसैगरी आंशिक समय काम गर्ने श्रमिकलाई अन्यत्र काम गर्न रोक लगाउन पाइने छैन भनेको छ। तर अहिलेको निर्देशिकाले यी विषयलाई वेवास्ता गरेको छ ।

सोही ऐनको सामाजिक सुरक्षासम्बन्धी व्यवस्थामा आंशिक समयका लागि काम गर्ने श्रमिकको हकमा निज कार्यरत प्रत्येक रोजगारदाताले त्यस्तो श्रमिकले पाउने आधारभूत पारिश्रमिकको आधारमा उपदान, सञ्चय कोष वा सामाजिक सुरक्षासम्बन्धी अन्य सुविधा बापतको योगदान गर्नु पर्नेछ भनी व्यवस्था गरेको छ। यो पनि हाम्रा लागि कार्यान्वयन भएन । 

तसर्थ त्रिविले साँच्चिकै आंशिक प्राध्यापकको माग सम्बोधन गर्न खोजेको हो भने कानुनमा ध्यान देओस्, नत्र भने समस्या समाधान हैन घाउ झनै बल्झिने छ। 

पन्त धवलागिरि बहुमुखी क्याम्पसका आंशिक प्राध्यापक हुन्

प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  १०:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कहाँ छन् रवि लामिछाने?
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ?
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
सम्बन्धित सामग्री
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम दशैँमा विभिन्न मासुका परिकार, अण्डा, दूध–दही, मिठाइ, फलफूल, च्याउ, पनिर, आइसक्रिम, केक इत्यादि तयार गरिन्छ। अनि बिदामा रमाइलो गर्नुप... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित... मंगलबार, कात्तिक ३, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्