काठमाडौं– देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार मंगलबार ५८.१० प्रतिशत संक्रमित होम आइसोलेनमा छन्।
मंगलबार देशभरका ३५ हजार ९ सय १५ जना सक्रिय संक्रमितमध्ये २० हजार ८ सय ६७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। यो कुल संक्रमितको ५८ प्रतिशतभन्दा बढी हो। बाँकी १५ हजार ४८ जना संक्रमित भने संस्थागत आइसोलेसनमा छन्।
मन्त्रालयका अनुसार सबैभन्दा बढी बाग्मती प्रदेशमा १३ हजार ७ सय ३३ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा २ हजार ४ सय ५५, प्रदेश २ मा ४ सय ८२, लुम्बिनी प्रदेशमा २ हजार १ सय ३, सुदूरपश्चिम प्रदेशमा ६ सय ९२, गण्डकी प्रदेशमा ८४२ र कर्णाली प्रदेशमा ५६० जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।