काठमाडौं– नापी कार्यालय साँखुका कार्यालय प्रमुख भागेश्वर साह घुससहित पक्राउ परेका छन्।
कार्यालय प्रमुख साह र कार्यालय सहयोगी खेमराज भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २ लाख ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो।
अख्तियारको टोलीले उनीहरुलाई कार्यालयबाटै पक्राउ गरेको हो।
जग्गा प्लटिङमा सहयोग गरेवापत उनीहरुले प्लटिङ व्यवसायीसँग पैसा लिएको र सोही क्रममा रंगेहात पक्राउ गरिएको अख्तियारका प्रतिनिधिले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।