सांकेतिक तस्बिर
काठमाडौं- देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।
सोमबार ३३ हजार ८ सय ८० जना संक्रिय संक्रमितमध्ये १९ हजार ९ सय ५७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सबैभन्दा बढी होम आइसोलेसनमा बस्नेको संख्या बाग्मती प्रदेशमा छ। बागमतीमा १३ हजार ४ सय ८९ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश १ मा २ हजार ३ सय ८८, प्रदेश २ मा ४ सय ५६, लुम्बिनी प्रदेशमा १ हजार ७ सय ८०, सुदूरपश्चिम प्रदेशमा ५ सय १४, गण्डकी प्रदेशमा ८४२ र कर्णाली प्रदेशमा ४८८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
सरकारले लक्षण नभएका कोरोना संक्रमितलाई अस्पताल भर्ना नगर्ने नीति लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।