काठमाडौं- सरकारले काठमाडौं उपत्यका सबै सरकारी अस्पताललाई आकस्मिक बाहेकका शल्यक्रिया नगर्न निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मन्त्रालयले सबै सरकारी अस्पताललाई आकस्मिक बाहेकका नियमित शल्यक्रिया तत्कालका लागि पर सार्न निर्देशन दिइएको जानकारी दिए।
मन्त्रालयले कोरोना संक्रमण नियन्त्रण हुँदै गएपछि मात्र यस्ता शल्यक्रिया गर्न निर्देशन दिएको हो।
यसले केही कोभिड-१९ संक्रमण भएका बिरामीहरुलाई आइसोलेसन बेड, आइसियू र भेन्टिलेटर उपलब्ध हुन सक्ने विश्वास मन्त्रालयले लिएको प्रवक्ता गौतमले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।