काठमाडौं- देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियूमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ४६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियू र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार ६७ जना भेन्टिलेटरमा र २७९ जना संक्रमित आइसियूमा उपचाररत रहेका छन् ।
आइसियूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १५५ जना आइसियू र ४६ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ४६ जना आइसियू र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३० जना आइसियू र १५ जना भेन्टिलेटरमा र प्रदेश २ मा २० आइसियूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै सुदुरपश्चिममा २,गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १९ आइसियूमा उपचाररत रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।