काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार २८३ जना संक्रमित भेटिएका छन्।
काठमाडौंमा १८८८ जना, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ४७ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ जना पुगेको छ।
हाल देशभर ३३ हजार ८८० जना सक्रिय संक्रमित छन्। आज १३ हजार ९२३ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।
नेपालमा कोरोनाको आशंकामा परीक्षणको कुल संख्या ११ लाख ९१ हजार ५१४ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।