काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक गुलावजंग शाहलाई हटाएका छन्। प्रमुख सचेतक शाहलाई हटाएर सीताकुमारी नेपालीलाई नियुक्त गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बिसीले जानकारी दिएका छन्।
शाहले आफूलाई निरन्तर असहयोग गरेको भन्ने भएपछि मुख्यमन्त्रीले हटाएको बिसीले जानकारी दिए। मुख्यमन्त्री शाहीका विरुद्ध १८ जना प्रदेश सभा सांसदले अविश्वास प्रस्ताव ल्याएपछि पार्टीमा तिक्तता बढ्दै गएको छ।
सन्तोषजनक काम गर्न नसकेको भन्दै शाहलाई हटाइएको बताइएको छ।
शाहीका विरुद्ध एमाले समूहबाट १५ जना उभिएका छन् भने माओवादी समूहबाट तीन जना छन्। प्रदेश सभाका कूल ४० जनामध्ये नेकपाका मात्रै ३३ जना छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।