काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा सुरु भएको छ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमालेसँगको पार्टी एकतामा भएका प्रगतिबारे ब्रिफिङ गर्नेछन्।
९ गते गर्ने भनिएको पार्टी एकता सरेपछि एकताको नयाँ मिति तय हुन सकेको छैन। आजको बैठकले एकताको पछिल्लो आधार तय गर्ने अपेक्षा गरिएको छ।
एमाले स्थायी कमिटी बैठक पनि आजै बोलाइएकाले माओवादी बैठकलाई महत्त्वका साथ हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।