काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल सकिएको छ। दुवै नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ९ बजेदेखि छलफल सुरु भएको थियो।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि पार्टीका बहुमत सांसदले पार्टी संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएपछि उत्पन्न परिस्थितिका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ।
आइतबार कर्णाली प्रदेशका १८ जना नेकपा सांसदले मुख्यमन्त्री शाही विरुद्धको अविश्वास प्रस्ताव दर्ता गरेका छन्। ४० सदस्यीय संसदमा नेकपामा ३३ जना सांसद छन्। हस्ताक्षर गर्ने १८ जनामा १५ जना पूर्व एमालेका र ३ जना पूर्वमाओवादीका सांसदहरु छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।