फाइल फोटो
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच छलफल जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेदेखि सुरु भएको छलफलमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीमाथि पार्टीका बहुमत सांसदले पार्टी संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएपछि उत्पन्न परिस्थितिका विषयमा छलफल हुने प्रचण्डको सचिवालयले जनाएको छ।
आइतबार कर्णाली प्रदेशका १८ जना नेकपा सांसदले मुख्यमन्त्री शाही विरुद्धको अविश्वास प्रस्ताव दर्ता गरेका छन्। ४० सदस्यीय संसदमा नेकपामा ३३ जना सांसद छन्। हस्ताक्षर गर्ने १८ जनामा १५ जना पूर्व एमालेका र ३ जना पूर्वमाओवादीका सांसदहरु छन्।
सुरुवातमा पनि भागबण्डाबाट मुख्यमन्त्रीको टुंगो लगाइएका कारण शाहीमाथिको संकटलाई पार्टी एकताको मर्मसँग जोडेर हेरिने सम्भावना छ। त्यसैले केन्द्रले दिने निर्देशन प्रभावी हुनसक्ने आकलन गरिएको छ।
तत्कालीन माओवादी केन्द्रका शाही सो प्रदेशका मुख्यमन्त्री बनेता पनि ओली निकट यामलाल कँडेलले सुरुदेखि नै असन्तुष्टि व्यक्ति गर्दै आएका थिए। उनी ओली निकट मानिन्छन्। उनकै नेतृत्वमा आइतबार अविश्वासको प्रस्ताव दर्ता भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।