काठमाडौं- पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
यो सँगै नेपालमा ७५ हजार ८ सय ४ संक्रमित उपचारपछि निको भएका छन्।
मन्त्रालयका अनुसार आज १२ हजार ४ सय २७ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै ११ लाख ७६ हजार ९ सय ८४ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ४ हजार ६ सय १३ जना क्वारेन्टाइनमा छन्। नेपालमा ३१ हजार ३ सय १५ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।
कुन प्रदेशमा कति डिस्चार्ज
प्रदेश १ – ६६१८
प्रदेश २– १४९८३
बाग्मती प्रदेशमा –२८३०७
गण्डकी प्रदेशमा –४१९७
लुम्बिनी प्रदेशमा –१०७२४
कर्णाली प्रदेशमा –३४४३
सुदूरपश्चिम प्रदेशमा ७५३२
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।