काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २ हजार ७१ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख ७ हजार ७५५ जना पुगेको छ।
हाल देशभर ३१ हजार ३१५ जना सक्रिय संक्रमित छन्। आज १३ हजार ६४९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्।
आज १२ हजार ४२७ जनाको परीक्षण भएको छ। योसँगै नेपालमा कोरोनाको आशंकामा परीक्षणको कुल संख्या ११ लाख ७६ हजार ९८४ पुगेको छ। हाल क्वारेन्टाइनमा ४ हजार ६१३ छन्।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४१६ जना संक्रमित भेटिएका छन्।
काठमाडौंमा ११४५ जना, भक्तपुरमा ११० र ललितपुरमा १६१ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।