काठमाडौँ- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध तीन जना पूर्व माओवादी समूहका नेताको सहयोगमा सत्तारुढ नेकपाकै सांसदले अविश्वास प्रस्ताव दर्ता गरिएको छ। आइतबार नेकपा सांसदले नेकपा संसदीय दलमा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन्।
कर्णाली प्रदेशका कुल ४० जना प्रदेशसभा सदस्यमध्ये १८ जना नेकपा सांसदले अविश्वास प्रस्ताव दर्ता गराएका हुन्। अविश्वास प्रस्ताव दर्ता गराएकामध्ये पूर्वमाओवादी समूहबाट पुष्पा घर्ती (विष्ट), धर्मराज रेग्मी, ठम्बरबहादुर विष्ट छन्। अविश्वास प्रस्तावमा दर्ता गराउन सहयोग गर्ने १५ हस्ताक्षरकर्ता सांसद् भने पूर्वएमाले समूहका हुन्।
प्रदेशसभामा पूर्वएमाले समूहबाट १९ जना र माओवादी समूहबाट १३ जना सांसद छन्। पूर्वमाओवादीका तर्फबाट शाही मुख्यमन्त्री भएपछि अध्यक्ष केपी ओली निकट नेता यामलाल कँडेलले उनलाई असहयोग गर्दै आएका थिए।
मुख्यमन्त्री शाही नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निकट मानिन्छन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।