पेरिस– फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्डबीच पेनाल्टी हान्ने विषयमा भएको विवादका कारण क्लब व्यवस्थापन तनावमा छ। महत्वपूर्ण फरवार्डबीचको विवाद निरन्तर सार्वजनिक भइरहँदा क्लबको प्रदर्शनलाई असर गर्ने देखिएको छ।
पेनाल्टी हान्ने विषयमा खेलकै दौरान विवाद गरेका ब्राजिलियन फरवार्ड नेइमार र उरुग्वेयन फरवार्ड काभानीले खेल सकिएपछि पनि विवाद गरेका थिए। ड्रेसिङ रुपमा काभानीले नेइमारलाई विवादको क्रममा 'यो को हो?, तिमीले आफूलाई मेसी जस्तै ठानेका छौ ' भनेर प्रश्न गरेका थिए।
ड्रेसिङ रुपममा विवाद भएपछि नेइमारले काभानीलार्इ बेच्न माग गरेका थिए।
काभानी ४ वर्षअघि नापोलीबाटै पिएसजीमा आबद्ध भएका थिए। फ्रेन्च लिगअन्तर्गत गत साता लियोनविरुद्ध भएको खेलमा पेनाल्टी हान्ने विषयलाई लिएर नेइमार र काभानीबीच मैदानमै विवाद देखिएको थियो। नेइमार पेनाल्टी प्रहार गर्न जाँदा उनलाई मैदानमा रोकेर उरुग्वेका स्ट्राइकर काभानीले हानेका थिए। यो घटनापछि दुवैबीच ड्रेसिङ रुममा पनि झगडा परेको थियो।
काभानीले ड्रेसिङ रुपमै विवाद गरेपछि नेइमारले क्लबका मालिक नासिर अल खालिफासँग सिधै गफ गरेका थिए र उनले काभानीसँग मिलेर खेल्न असम्भव भएको बताएका थिए।
यता क्लबले अबका पेनाल्टी नेइमारलाई हान्न दिने प्रक्रिया अघि बढाए पनि काभानीले अस्वीकार गरेका छन्। पिएसजीले काभानीलाई १० लाख युरो बोनस दिन खोजेको थियो। उनले बोनस लिन अस्वीकार गरेका छन् र आगामी पेनाल्टी पनि आफै हान्ने अडान लिएका छन्।
काभानी सन् २०१३ मा इटालियन क्लब नापोलीबाट पिएसजीमा आबद्ध भएका थिए। त्यसयता उनले १ सय ३९ खेल खेलेर ९५ गोल गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।