काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी(नेकपा) एकताका बाँकी काम प्याकेजमै टुंगो लगाउने तयारी गरिएको छ। अध्यक्ष एवम प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच भइरहेको निरन्तर छलफलमा हप्तादिन भित्रै बाँकी एकता टुंगो लगाउने तयारी गरिएको हो।
बिहान साढे ११ बजेदेखि सुरु भएको ओली प्रचण्डबीचको छलफलमा पनि पार्टी एकताका बाँकी काम टुग्याउनेबार कुराकानी भएको थियो। अध्यक्षद्वयबीच करिब २ घण्टासम्म छलफल चलेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
पार्टी एकताका विषयमा २ अध्यक्षसहित महासचिव विष्णु पौडेलले गृहकार्य गरिरहेका छन्।
गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले पार्टी एकताको काम असोजभित्रै सक्ने निर्णय गरेको थियो। त्यहीँ निर्णय बमोजिम ओली-प्रचण्ड एकता प्रक्रिया तत्काल टुंगोमा पुर्याउन निरन्तर छलफलमा छन्।
यस्तै मन्त्रिपरिषद पुर्नगठनमा दुई अध्यक्षबीच सहमति हुन नसकेपछि रिक्त तीन मन्त्रालय मात्रै हुने भएको छ। हाल अर्थ,सञ्चार र सहरी विकास मन्त्रालयमा मात्रै रिक्त छन्।
एकताका सबै प्रक्रिया हप्ता दिनभित्रै टुंगा लगाई पार्टीको सम्पूर्ण महाधिवेसनमा केन्द्रित गर्ने तयारी गरिएको छ। गत माघमा बसेको केन्द्रीय कमिटी बैठकले आगामी चैत २५ गतेदेखि ३० गतेसम्म महाधिवेसन गर्ने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।