फाइल तस्बिर
काठमाडौं- पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ८० जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
यो सँगै नेपालमा ७३ हजार २३ जना संक्रमित उपचारपछि निको भएका छन्।
मन्त्रालयका अनुसार आज १३ हजार २ सय ७९ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै ११ लाख ४५ हजार २ सय ३७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ४ हजार ७ सय ३ जना क्वारेन्टाइनमा छन्। नेपालमा २७ हजार ५४जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।
कुन प्रदेशमा कति डिस्चार्ज
प्रदेश १ – ६३३७
प्रदेश २– १४९८१
बाग्मती प्रदेशमा –२६४८७
गण्डकी प्रदेशमा –४०७८
प्रदेश ५मा –१०३९२
कर्णाली प्रदेशमा –३३५०
सुदूरपश्चिम प्रदेशमा ७३९८
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।