धरान- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले उपचाररत दुई जनाको मृत्यु भएको जानकारी दिएको हो।
मृत्यु हुनेमा धरान-८ सुनसरीका ४६ वर्षीय पुरुष र दमक-१ झापाका ५२ वर्षीय पुरुष छन्।
धरानका मृतक हाइपरटेन्सनका बिरामी थिए। उनी असोज २० गते प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका थिए। २१ गते गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो। उनको बिहीबार दिउँसो पौने ३ बजे मृत्यु भएको हो।
दमकका मृतकको भने यसअघि कस्तो दीर्घ रोग थियो भन्ने खुलेको छैन। उनी १८ गते प्रतिष्ठानमा भर्ना भएका थिए। उनको सोही दिन कोरोना परीक्षण गरीएको थियो। उनको बिहान साढे ३ बजेको समयमा मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।